आज:  २०७८ मंसिर १६, बिहिबार | Thu, 02, Dec, 2021
FLASH NEWS

आन्तरिक राजस्व कार्यालय सिमराद्धारा जीतपुरमा ब्यवसायीहरु संग अन्तरकृया कार्यक्रम

प्रिती कुमारी, जीतपुर २०७८ मंसिर ६, सोमबार (१ हप्ता अघि) ९७ पाठक संख्या

आन्तरिक राजस्व कार्यालय सिमराले बाराको जीतपुरमा ब्यवसायीहरु संग अन्तरकृया कार्यक्रमको आयोजना गरेको छ । दशाँै रास्ट्रिय कर दिवस २०७८ को अवसरमा यस कार्यालयले जीतपुका जीतपुरसिमराका ब्यवसायीहरुसंग अन्तरकृया गरेको हो ।

 

“शान्त सुरक्षित र उन्नत ब्यावसायिक कामना, जितपुरसिमरालाई बिजनेश हब बनाउने हाम्रो चाहना” भन्ने मुल नाराका साथ काम गर्दै आएको जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको सहकार्यमा यो कार्यक्रम सम्पन्न भएको हो ।

 

“स्वेच्छिक कर सहभागीतामा अभिवृद्धि , सुशासन, बिकास र समृधि” भन्ने राष्ट्रिय नाराका साथ बारा र रौतहटमा कर शिक्षको बारेमा जानकारी दिने उद्धेश्य सहित यस कार्यक्रमको आयोजना गरिएको हो ।

 

कार्यक्रममा सहभागी ब्यवसायीहरुले कर कार्यालयले समय समयमा ब्यवसायीलाई अनुगमनको नाममा गर्ने ब्यवहारमा सुधार ल्याउन आवश्यक रहेको बताएका थिए ।

 

यता कार्यक्रममा अन्तरिक राजश्व कार्यालय सिमराले राज्यले करको बारेमा ल्ययाउको नयाँ नियमको बारेमा ब्यवसायीलाई जानकारी गराउदैँ करको दायरामा सबैलाई आउन आग्रह गरेको थियो भने कार्यालयका प्रमुख कर अधिकृत नारायणप्रसाद भण्डारीले बिना कारण कहि कसैलाई जरीवाना गर्न नमिल्ने र अन्य निकायले गर्ने गरेको कार्यलाई पनि कम गर्न आफुले पहल गर्ने जानकारी गराउनुभएको थियो ।

 

जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष संजय साहको सभाअध्यक्षतामा सम्पन्न कार्यक्रममा जीतपुर र सिमराका विभिन्न बस्तुगत संगठनका पदाधिकारीहरुको सहभागीता रहेको थियो भने शिव जी साहले कार्यक्रमलाई सहजीकरण गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस