आज:  २०७८ माघ ८, शनिबार | Sat, 22, Jan, 2022
FLASH NEWS

मधुसुधन सिटौलालाइ पराजीत गर्दै जनहित उपभोक्ता समितिको अध्यक्षमा पुनः अमृतलाल श्रेष्ठ बिजयी

प्रिती कुमारी, जीतपुर २०७८ पौष २, शुक्रबार (१ महिना अघि) १९५ पाठक संख्या

पर्सा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र अन्तगत रहेको जनहित उपभोक्ता समितिको अध्यक्षमा पुनः अमृतलाल श्रेष्ठ बिजयी हुनुभएको छ । बिहिवार समितिको सभा हलमा आयोजीत चौथौँ अधिवेसनबाट श्रेष्ठ अध्यक्षमा पुनः निर्वाचित हुनुभएको हो ।

 

अध्यक्ष पदका लागि भएको निर्वाचनमा अमृतलाल श्रेष्ठले ७ मत ल्याएर आफ्नो प्रतिद्धवन्दि मधुसुधन सिटौलालाई पराजीत गर्दै पुनः अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

 

तिन कार्यकाल सफल अध्यक्षको रुपमा आफ्नो पहिचान बनाउन सफल अध्यक्ष श्रेष्ठलाई मध्यवर्ती क्षेत्रका सदस्यहरुले पुनः चौथो कार्यकालको लागि अध्यक्ष बनाएका हुन् ।

 

यसैगरी संस्थाको उपाध्यक्षमा ताराबहादुर कार्की, सचिवमा पुनः पेशल कुमार मुल्मी, कोषाअध्यक्षमा मिठु लामा सर्वसम्मत रुपमा चयन हुनुभएको हो । भने सदस्यहरुमा डिल्लीबहादुर थापा, नलिन्द्र बहादुर थापा, गंगा कार्की, विष्णु प्रसाद अर्याल, पदमबहादुर बस्नेत, शर्मिला तामाङ्ग, फईजुलहक अंसारी, मधुसुधन सिटौला, सोभा लामा रहनुभएको जनहित उपभोक्ता समितिका कार्यलय प्रमुख राजनकुमार न्योपानेले जानकारी दिनुभएको छ ।

 

यता आफुलाई अध्यक्ष बनाउनुभएको प्रती श्रेष्ठले सबैलाई धन्यवाद दिनुभएको छ । ३ कार्यकाल सबै सदस्यहरुको हितमा काम गरेको र फेरीपनि आफुले पाएको जीमेवारी बहन गर्न कुनै कसर बाकीँ नराख्ने उहाँले जानकारी गराउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस