आज:  २०७८ माघ ७, शुक्रबार | Fri, 21, Jan, 2022
FLASH NEWS

सिमरामा ट्राफिक प्रहरीको हेल्मेट आतङक

एपी खबर २०७८ पौष ९, शुक्रबार (४ हप्ता अघि) ३३१ पाठक संख्या

बाराको सिमरामा ट्राफिक प्रहरीले हेल्मेट आतङक फैलाएको छ । सिमरा ट्राफिक प्रहरीमा नयाँ ट्राफिक प्रहरी नायब निरिक्षक दिलिप यादब आएसंगै करिब १५ दिन देखि यो आतकं फैलिएको हो ।
ट्राफिक प्रहरी नायब निरिक्षक यादब सिमरा आएसंगै ट्राफिक नियममा कडाई गर्ने भन्दै ट्राफिक प्रहरीले मोटरसाईकलबाट जबरजस्ति हेल्मेट थुतने या जानकारी बिनै हेल्मेट उठाएर ट्राफिक बिटमा लग्ने गरे पाइएको छ ।

 

नियम कडा गर्न राम्रो भएपनि जानकारी बिना नै हेल्मेट लगेपश्चात मोटरसाईकल चालक चोरी भएको भनि अर्काे हेल्मेट किन्ने गरेको र त्यस पश्चात ट्राफिक प्रहरीले लगेको कतैबाट जानकारी पाउने गरेको एक पिडित सेवा ग्राही शर्मानन्द सहनिको भनाई छ ।

 

गाँउबाट सिमरामा बैँकको पैसा झिक्न र किनमेल गर्न आएका सहनिलेलाई नो पार्किर्ङीग भनेको जानकारी नै थिएन तर उनले आफ्नो हेल्मेट गराएको भनेर काम चलाउ १२ सयको हेल्मेटपनि किने अनि आफ्नो हेल्मेट लिन जाँदा २ हजार जरीवाना पनि तिरे ।

 

धान बेचेर गोलाबाट पाएको १० हजारको चेक साटन आएका उनले ३ हजार बिना सितैमा खर्च हुन्छ सोच्नु त परै जाओस कल्पना समेत गरेका थिएन्न तर ट्राफिक प्रहरी नायब निरिक्षक यादबका कारण एउटा किसानले बिना हकमा ३ हजार खर्चिनु पर्ने अवस्था आयो ।

 

यता मोटर साईकल रोक्दा पसलेले केहि नभनेपछि आफु निर्धक भएर समान किन्न गएको र ३ मिनेटमै बाहिर आउदाँ ट्राफिक प्रहरीले आफ्नो मोटरसाईकल घिसारीरहेको अवस्थामा पाएको जीतपुरसिमराका एक जनप्रतिनिधीको बताउनुभएको छ । नाम नबताउने सर्तमा उहाँले यो मोस आफ्नो भएको र किन घिसार्नुभएको भनेर सोधदा मोस छोटेर मेरो हातमा भएको हेल्मेट थुतेर लगेको बताउनुभयो ।

 

हाथबाट जबरजस्ति हेल्मेट थुतेपछि आफु उनको पछि पछि ट्राफिक प्रहरी बिट सम्म किन के भयो भनेर सोधदै पुगे । उनले नो पार्किगींमा राखेकोले २ हजारको जरीवाना काटनु पर्ने बताए ।
आफ्नो डिएसपी साहेबको गाडी जान समस्या भएको भन्दै तपाईलाई २ हजार र हजार रुपैया थप गरी तिन हजार सम्म जरीवाना लाग्न सकने बताएपनि आफ्नो होस नै उडेको जनप्रतिनिधीको भनाई छ ।
जरीवाना काट्नु स्वभाविक भएपनि निज सईलाई सेवा ग्राहीसंग कुरा गर्ने सैलिपनि नभएको उहाँको भनाई छ । पर्सा जिल्लामा आफ्नो घर भएको रवाफ देखाउदैँ ट्राफिक प्रहरी नायब निरिक्षक यादबले उनिसंग तँ/तँ भनेर कुरा गरेको बताउनुभयो । केहि समय पछि आफुले आफ्नो परिचय दिएको र छिटो जरीवाना काट्नुस भनेपछि यस्तो उनले आफुलाई जानुस भनेर छोडेको जनप्रतिनिधीको भनाई छ ।

 

उनले ट्राफिक प्रहरीले बढि पैसा बताएर आफुलाई जरीवाना नै नतिर्ने र केहि पैसा हातमा हाले पुग्ने खालको साईको कुरामा गन्ध आएको समेत बताउनुभएको छ ।

 

हाल सिमरामा ७ जना ट्राफिक प्रहरीको दरबन्दि रहेको छ । जस्मा ट्राफिक प्रहरी नबिन कार्कीलाई आफ्नो नजिकको बनाएर ट्राफिक प्रहरी नायब निरिक्षक यादबले सिमरामा मोटरसाईकबाट हेल्मेट उठाउने, बढि जरीवाना तिर्न भन्ने र ५÷६ सय हातमा नजराना लिएर छोड्ने गरेको पाईएको छ ।

 

प्रतिक्रिया दिनुहोस