आज:  २०७८ माघ ७, शुक्रबार | Fri, 21, Jan, 2022
FLASH NEWS

औराहा पशुपालिन कृषि सहकारी संस्था लि.को अध्यक्षमा पुनः मदनबहादुर क्षेत्री सर्वसम्मत चयन

प्रिती कुमारी, जीतपुर २०७८ पौष १९, सोमबार (२ हप्ता अघि) १२० पाठक संख्या

औराहा पशुपालिन कृषि सहकारी संस्था लि.को अध्यक्षमा पुनः मदनबहादुर क्षेत्री सर्वसम्मत चयन हुनुभएको छ । संस्थाको १३ औँ वार्षिक साधारण सभा सहितको अधिवेसनले क्षेत्रीको अध्यक्षतामा ११ सदस्य नयाँ कार्य समिति चयन गरेको हो ।

 

समितिको उपाध्यक्षमा रमेश प्रसाद खरेल, दिपक सिमखडा, मनिता भण्डारी, सचिवमा बिनोद सापकोटा र कोषाध्यक्षमा शंकर सिम्खडा रहनुभएको छ । यसैगरी सदस्यहरुमा मुमनाथ शर्मा, राजु पौडेल, जानुका दाहाल, बिन्दु ज्ञवाली, मिनबहादुर कडेँल रहुन भएको छ ।

 

संस्थाका अध्यक्ष क्षेत्रीको सभाअध्यक्षतामा सम्पन्न १३ औँ साधारण सभामा जीतपुरसिमरा उपमहानगरपालिकाका नगरउपप्रमुख सरस्वती देबी चौधरीको प्रमुख आतिथ्यता रहेको थियो भने कार्यक्रममा घण्टीमाई बचत तथा ऋण सहकारी संस्था लि. का अध्यक्ष कोपिला सिम्खडा, अर्जुन खतिवडा, शुशिल अधिकारी लगाएको उपस्थिती रहेको थियो ।

 

संस्थाले यसैअवसरमा आफ्नो नवनिर्मीत भवनको प्रमुख अतिथी र अतिथीहरुबाट उद्घाटन गरेको दिपक सिम्खडाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस