आज:  २०७८ माघ ७, शुक्रबार | Fri, 21, Jan, 2022
FLASH NEWS

नेकपा एमाले बाराको १० औँ जील्लाको तैयारी पुरा, अध्यक्ष पदमा पाँच जनाको दाबेदारी

एपी खबर २०७८ पौष २७, मंगलबार (१ हप्ता अघि) २०४ पाठक संख्या

नेकपा एमाले बाराको १० औँ जील्ला अधिवेशन पौष २८ र २९ गते कलैयामा हुने भएको छ । जानकी सिनेमा हलमा हुन लागेको जिल्ला अधिबेशनलाई एमालेका केन्द्रिय महासचिब शंकर पोखरेलको प्रमुख आतिथ्यतामा उद्धघाटन सम्पन्न गर्ने कार्यक्रम रहेको छ ।

नेकपा एमाले बारामा जिल्ला कार्य समितिका ४ सय सदस्य र हरेक वडाबाट र बिभिन्न क्लस्टरबाट छानिएका करिब ४ सय गरी ८ सय बढी प्रतिनिधिले मत जाहेर गर्ने निर्वाचनमा बिशेषगरी पाँच जनाले उम्मेदबारी दावी गरेका छन् ।

 

जिल्ला अधिवेशनमा अध्यक्ष पदका लागि वर्तमान जील्ला अध्यक्ष देवनारायण चौधरी, बिनोद साह, रविन्द्रदास श्रेष्ठ, मनोज पौडेल र अध्यानन्द पाण्डेले दावी गर्दै आएका छन् । रविन्द्रदास श्रेष्ठ, देवनारायण चौधरी र मनोज पौडेल एकै समूह पुरुषोत्तम पौडेल निकटका उम्मेदवार हुन भने बिनोद साह अच्युत मैनाली निकट हुन् । त्यसैगरी अध्यानन्द पाण्डे बलबिर चौधरी निकट भएको एमाले कार्यकर्ताहरुले बताएका छन् ।

 

यता हाल तदर्थ समितिका अध्यक्ष समेत रहेका देवनारायण चौधरीले देश भरी नै बसहमति भइरहेको समयमा बारामा पनि सहमति हुनेमा आफू आशावादी रहेको बताए ।

 

त्यस्तै अध्यक्षका अर्का उम्मेदवार बिनोद साहले सर्वसहमतिको बाधक नभए पनि नेताहरुले कार्यकर्ताको भावना समेटेर नेतृत्व छनौट गर्नुपर्ने अन्यथा प्रजातान्त्रिक प्रक्रिया निर्वाचनको माध्यमबाट टुङयाउनु पर्ने धारण राखेका छन् ।

 

एमाले बाराका प्रचार विभाग प्रमुख मनोज पौडेलले अधिबेशनको सबै तयारी सकिएको जनाउदै समयमै अधिबेशन गर्ने गरी तयारी भईरहेको बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस