आज:  २०७८ माघ ७, शुक्रबार | Fri, 21, Jan, 2022
FLASH NEWS

राम्रो काम गर्दा चौतर्फी घेराबन्दी भयो : महासचिव पोखरेल

एपी खबर २०७८ पौष २८, बुधबार (१ हप्ता अघि) ४४ पाठक संख्या

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले एमालेको बढ्दो लोकप्रियताका कारण चौतर्फी घेराबन्दी भएको बताएका छन्।

 

नेकपा एमाले बाराको दशौं जिल्ला अघिवेशनको अद्घाटन सत्रमा बोल्दै पोखरेलले जनताले रुचाएकै कारण अहिले एमालेविरुद्ध गठबन्धन भएको दाबी गरे। ’जनताले एमालेलाई रुचाएका कारण अन्य दलले एमालेसँग एक्लै चुनाव लड्न सक्ने अवस्था छैन्,’ महासचिव पोखरेलले भने, ’एक प्रकारले पार्टीविरुद्ध घेराबन्दी छ र नेतृत्वमाथि चौतर्फी हमला भइरहेको छ, एक हिसाबले भन्दा हाम्रो पार्टीलाई एक्लो बनाउने प्रयास पनि भएको छ।’

 

एमालेले देश, जनता, राष्ट्र र परिवर्तनको पक्षमा राम्रो काम गर्दा चौतर्फी आक्रमण गरी एमालेलाई रोक्न गठबन्धन र घेराबन्दी भएको उनले प्रस्ट पारे । महासचिव पोखरेलले एमालेले शिक्षा, स्वास्थ्यलगायत समग्र विकासमा योजनाका साथ काम गरेको उल्लेख गरे ।

 

एनले आउने निर्वाचनमा नेकपा एमाले नै मधेसी जनताको रोजाइको पार्टी हुने पनि बताए । उनले विगतका सरकारले मधेसको लाइफलाइनको रूपमा रहेको हुलाकी सडकलाई ठेक्का लगाएर काम गर्न नसकेपछि एमालेको सरकारले पूरा गरेको उनको भनाइ थियो ।

 

विभिन्न अवसरवादीका कारण नेकपा एकता टुटेको बताउँदै उनले आउने निर्वाचनमा नेकपा एमाले नै देशको पहिलो शक्तिको रूपमा स्थापित हुने उनले दाबी गरे । कार्यक्रममा नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा लगाएत विभिन्न पार्टी परित्याग गरि ५ दर्जनभन्दा बढी एमाले प्रबेश गरेका थिए ।

 

कार्यक्रममा केन्द्रीय सदस्य एवं पोलिटब्युरो सदस्य पुर्सोत्तम पौडेल, अचुत मैनाली, प्रभु साह, ज्वाला साह लगायतले बोलेका थिए।

 

अधिवेसन शुरु भए लगतै नेकपा एमालेका जील्ला सदस्य उमेश कुश्वाहाले प्रतीनिधी छनौटमा भएको विभेदलाई अन्तय गर्न र आफ्नो क्षेत्रको प्रतिनिधी छनौट सच्याउन माग गर्दै आफ्नो कार्यकर्ता सहित केहि समय नाराबाजी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस