रौतहट ।रौतहटको पुरानो नगरपालिकाको रुपमा रहेको गौर नगरपालिकाले अबैध रुपमा सवारी साधन सग पटके सवारी कर लिरहेको प्रती कटहरिया नगरपालिकाको वडा न ४ को वडाअध्यक्ष एवं नगरप्रवक्ता चन्दन कुशवाहाले आम जनताको ध्यान केन्द्रित गर्न फेसबूक लाईभ मार्फत जनकारी गराएको छ।
आफु बिरगंज जादा बिरगंज महानगरपालिकाले समेत १०० रुपैयाँको कर लिएको प्रती अध्यक्ष कुशवाहले आम जनताको ध्यान आकर्षण गराउनु भएको छ।
मधेसी दल बाट मेयरमा जितेको नगरपालिकाले मात्र कर लिरहेको र मधेस प्रदेशमा मधेसी दलको सरकार रहेको तर पनि केही नगरपालिकाले सवारी साधन सग कर लिरहेको प्रती अध्यक्ष कुशवाहाले आपती जनाएको छ।
यसरी पटके सवारी कर उठाउदा कुनै पनि नगरपालिकामा जादा भाडा दर बढने,भए पछि यसको प्रत्यक्ष मार्कामा आम जनता पर्ने भएकोले आफुले आम जनताको फेशबूक मार्फत जनकारी गराएको वहाँले बताउनु भएको छ।मधेसी दलको गलत रवैयाको कारण नै मधेश प्रदेश पछाडि परेको समेत वहाँले बताउनु भएको छ।
पटके सवारी साधन कर लिने नगरपालिकालाई वहाँले फेशबूक लाईभ मार्फत सचेत गराउनु भएको छ।
प्रतिक्रिया दिनुहोस