सगरमाथा महिला बचत तथा ऋण सहकारी संस्था जीतपुरले सभा हल निर्माण कार्य शुरु गरेको छ । सभा हल निर्माण कार्यलाई जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख सरस्वतीदेबि चौधरीले शिलान्यास गर्नुभएको हो ।
सहकारीले एक औपचारिक कार्यक्रमको अयोजना गर्दै पालिकाबाट बिनीयोजति रकमबाट यो सभा हल निर्माण गर्न लागेको सहकारीका अध्यक्ष सिता उप्रेतीले जानकारी दिनुभयो । शिलान्यास कार्यक्रममा नगर उपप्रमुख चौधरीले ईट्टा राखेर कार्यक्रमको शिलान्यास गर्नुभएको थियो ।
यस कार्यका लागि जीतपुरसिमरा उपमहानगरपालिकाले १० लाख बराबरको बजेट छुट्याएको र सोहि अनुसार कार्य शुनेपनि अध्यक्ष उप्रेतीले जानकारी दिनुभयो ।
कार्यक्रममा नेपका एमालेका पुर्व अध्यक्ष देवनारायण चौधरी, एमालेका युवा नेता सुनिल गुप्ता लगाएत सहकारीका सदस्यहरुको सहभागीता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस