आज:  २०७९ जेष्ठ ३, मंगलबार | Tue, 17, May, 2022
FLASH NEWS

आउँदो वैशाख ९ गतेदेखि हुने माध्यमिक शिक्षा परीक्षा एसईईको तालिका सार्वजनिक

एपी खबर २०७८ माघ २७, बिहिबार (३ महिना अघि) १०६ पाठक संख्या

काठमाण्डाै – आउँदो वैशाख ९ गतेदेखि हुने माध्यमिक शिक्षा परीक्षा एसईईको तालिका सार्वजनिक भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले वैशाख ९ गतेदेखि २० गतेसम्म हुने परीक्षाको तालिका आज सार्वजनिक गरेको हो ।

तालिकाअनुसार पहिलो दिन ९ गते अनिवार्य-अङ्ग्रेजी, अनिवार्य-संस्कृत भाषा र साहित्य विषयको परीक्षा हुनेछ ।

सरकारले वैशाख ३० गते स्थानीय तहको चुनावको मिति घोषणा गरेकाले त्यसअघि नै परीक्षा तोकिएको हो । कोरोना महामारीका कारण पढाइ प्रभावित भएकाले बोर्डले नियमित समयभन्दा एक महिना ढिलो परीक्षा गर्न लागेको हो ।

चुनावमा शिक्षक र कर्मचारी पनि खटिने भएकाले चुनाव अघि नै परीक्षा सक्ने गरी मिति घोषणा भएको परीक्षा नियन्त्रक अर्जुन रायमाझीले बताउनुभयो । यो वर्ष झण्डै ५ लाख ८ हजार विद्यार्थीले परीक्षा दिने अनुमान छ । कोरोना भाइरसको तेस्रो लहर फैलिएसँगै बन्द भएका विद्यालय आउँदो फागुन १ गतेदेखि खुल्दैछन् ।

हेर्नुहाेस् तालिका :

प्रतिक्रिया दिनुहोस