आज:  २०७९ जेष्ठ ३, मंगलबार | Tue, 17, May, 2022
FLASH NEWS

चार देशीय शृङ्खलाको दोस्रो खेलमा नेपाल यूएईसँग २५ रनले पराजित

एपी खबर २०७८ माघ २९, शनिबार (३ महिना अघि) ९९ पाठक संख्या

काठमाण्डाै – चार देशीय शृङ्खलाको दोस्रो खेलमा नेपाल संयुक्त अरब एमिरेट्स यूएईसँग २५ रनले पराजित भएको छ । यूएईले दिएकोे १ सय ९३ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा मात्र १६७ रन मात्रै बनायो ।

नेपालका लागि दीपेन्द्र सिंह ऐरीले ४१ रन तथा आसिफ शेखले २४ रनको योगदान दिए । यूएईका रोहन मुस्तफा र कासिफ दाउदले दुई–दुई तथा जुनैद सिद्धिकीले एक विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १ सय ९२ रन बनाएकाे थियाे । यूएईका लागि चिराज सुरीले ५ चौका र ५ छक्का सहित सर्वाधिक ८४ रन बनाए । नेपालका लागि शहाब आलम, आरिफ शेख र कप्तान सन्दीप लामिछानेले १–१ विकेट लिए ।

शृङ्खलाको पहिलो खेलमा नेपालले शुक्रबार ओमानलाई ६ विकेटले पराजित गरेको थियो । आइसीसी टी–२० विश्वकपको ग्लोबल छनोटको तयारीका लागि नेपाल, ओमान, यूएई र आयरल्यान्ड चारदेशीय शृङ्खलामा सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस