आज:  २०७९ जेष्ठ ३, मंगलबार | Tue, 17, May, 2022
FLASH NEWS

जगदम्बा जीतपुरसिमरा गोल्डकप सुरु, सुदूरपश्चिमको विजयी सुरुवात

एपी खबर २०७८ चैत्र ११, शुक्रबार (१ महिना अघि) ९९ पाठक संख्या

फ्रेण्ड्स क्लबलाई स्तब्ध पार्दै धनगढीको सुदुरपश्चिम ११ ले जगदम्बा १२औं जीतपुरसिमरा गोल्डकपमा विजयी सुरुवात गरेको छ ।

 

सिमरा रंगशालामा विहिवार भएको उद्घाटन खेलमा सुदूरपश्चिमले फ्रेण्डसलाई ३Ð१ ले पराजित गरेको हो । जीतसंगै सुदूरपश्चिम प्रतियोगिताको क्वार्टरफाईनलमा प्रवेश गरको छ । सुदूरपश्चिमको जीतमा धनराज थापा, दिपांकराज सिंह र फागुराम थारुले समान एक=एक गोल गरे । फ्रेण्डस्का लागि प्रेमबहादुर भण्डारीले एक गोल फर्काए ।

 

खेलको सुरुवातदेखी फ्रेण्ड्सविरुद्ध आक्रामक देखिएको सुदूरपश्चिमले २२औं मिनेटमा अग्रता लिएको थियो । डिबक्स भित्रबाट धनराजले प्रहार गरेको बलले सिधै जाली चुमेको थियो । सुदूरपश्चिमविरुद्ध खासै अवसर बनाउन नसकेको फ्रेण्ड्सको फिनिसि» पक्ष कमजोर देखियो ।

 

पहिलो हाफमा अग्रता लिएको सुदूरपश्चिमले दोस्रो हाफको सुरुवातमै गोलअन्तर दोब्बर पारेको थियो । खेलको ५४औं मिनेटमा दिपांकराज सिंहले प्रहार गरेको बल फ्रेण्डस्का गोलरक्षक अभिशेक बरालले सहजै नियन्त्रणमा लिन खोज्दा जाली चुम्न पुगेको थियो । डिबक्स बाहिरबाट थापाले प्रहार गरेको बल बरालको हातबाट फुस्किएर गोल भएको हो ।

 

खेलमा लगातार अवसर बनाएको सुदूरपश्चिमविरुद्ध खेलको ८२औं मिनेटमा गोल गर्दै फ्रेण्ड्सले खेल २Ð१ को स्थितीमा ल्याएको थियो । फ्रेण्ड्सका प्रेमबहादुर भण्डारीले करिब ३० यार्ड टाढाबाट प्रहार गरेको बलले सिधै जाली चुमेको थियो । भण्डारीको आकर्षक गोलबाट फ्रेण्ड्सले खेलमा फर्कन खोजेपनि सुदूरपश्चिम लगत्तै तेस्रो गोल थपेको थियो ।

 

फ्रेण्ड्सले गोल गरेको एक मिनेटमै सुदूरपश्चिमका फागुराम थारुले गोल गरेका हुन् । ८३औं मिनेटमा फ्रेण्ड्सको कमजोर रंक्षापक्तीको फाईदा उठाउदै फागुरामले सुदूरपश्चिमका लागि गोल गरेका थिए । उनको गोलसंगै सुदूरपश्चिमले फ्रेण्ड्समाथी ३Ð१ को सहज जीत निकालेको हो ।

 

खेलको म्यान अफ दि म्याच सुदुरपश्चिमका दिपांकराज सिंह घोषित भए । उनले नगद पाँच हजार र ट्रफि प्राप्त गरे । प्रतियोगिता अन्तर्गत शुक्रवार बिएफसी चितवन र बाग्मती युवा क्लब सर्लाहीबीच खेल हुनेछ ।

 

यसअघि प्रतियोगिताको उद्घाटन मधेसका प्रदेशका मुख्यमन्त्री लालबाबु राउत गद्दीले गरेका थिए । प्रतियोगिताको उद्घाटन गर्दै मुख्यमन्त्री गद्दीले सिमरा रंगशालाको पूर्वाधार निर्माणमा प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाए ।

 

चैत्र १९ गतेसम्म संचालन हुने प्रतियोगिताको बिजेताले १० लाख र उपबिजेताले पाँच लाख प्राप्त गर्नेछ । आयोजकले यस वर्ष प्रथम पुरस्कार राशीमा तीन लाख र द्धितीय पुरस्कारमा एक लाख पचास हजार बृद्धि गरेको छ । ११औं संस्करणमा प्रथम पुरस्कार सात लाख र द्धितीय पुरस्कार तीन लाख पँचास हजार थियो ।

 

प्रतियोगिताको सर्वोत्कृष्ठ खेलाडीले मोटरसाईकल वा स्कुटर प्राप्त गर्ने आयोजक नवजनजागृति युवा क्लबका अध्यक्ष रामचन्द्र लामाले जानकारी दिए । प्रतियोगिता अवधीभरी उत्कृष्ट प्रदर्शन गर्ने विधागत पुरस्कारतर्फ गोलरक्षक, डिफेन्स, मिडफिल्ड, फरवार्ड, सर्वाधिक गोलकर्ता, प्रशिक्षकले जनही २० हजार नगद प्राप्त गर्नेछन् । आयोजकले यस वर्षपनि उदयीमान स्थानिय खेलाडीलाई १५ हजार नगदले पुरस्कृत गरिने लामाले बताए ।

 

जीतपुरसिमरा उपमहानगरपालिकाको मुख्य सहयोगमा र जगदम्बा स्टील्स्को मुख्य प्रायोजनमा आयोजना भएको प्रतियोगिताको अनुमानित लागत करिब ८३ लाख रहेको छ । मोफसलकै प्रतिष्ठित प्रतियोगिताको रुपमा पहिचान स्थापित गरिसकेको प्रतियोगितालाई यस वर्षदेखी सिमरामा रहेको जगदम्बा स्टील्स्ले मुख्य प्रायोजन गरेको हो । प्रतियोगितालाई सौर्य सिमेन्ट, रिद्धिसिद्धि सिमेन्ट, सुर्य नेपाल, हुलास स्टील्स्, क्याल ग्रुप, अमृत घ्युले सहप्रायोजकको रुपमा सहकार्य गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस