आज:  २०७९ जेष्ठ ३, मंगलबार | Tue, 17, May, 2022
FLASH NEWS

बिजय युथलाई पराजित गर्दै एनआरटी सेमिफाईनलमा

एपी खबर २०७८ चैत्र १२, शनिबार (१ महिना अघि) ७८ पाठक संख्या

बिजय युथ क्लब हेटौडालाई पराजित गर्दै न्युरोड टिम (एनआरटी) जगदम्बा १२औं जीतपुरसिमरा गोल्डकपको सेािफाईनलमा प्रवेश गरेको छ । सिमरा रंगशालामा शनिवार भएको खेलमा एनआरटीले बिजय युथमाथी ३Ð१ को जित निकालेको हो ।

एनआरटीको जितमा मासुकी ईहिनी अलोमोले दुई र स्टेफेन समिरले एक गोल गरे । हेटौडाका लागि बिमल राना मगरले गोल गरेका हुन् । निर्धारित समयमा दुबै टिमले १Ð१ को बराबरी खेलेपछि खेल अतिरिक्त समयमा धकेलिएको हो । अतिरिक्त समयमा एनआरटीले दुई गोल थप्दै फराकिलो जित हात पारेको हो । खेलमा लिएको सुरुवाती अग्रता जोगाउन नसक्दा हेटौडा प्रतियोगिताबाट बाहिरिन पुगेको छ ।

खेलको १८औं मिनेटमा अमिर श्रेष्ठको पासमा बिमल राना मगरले हेडमार्फत गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । अमिरको उत्कृष्ट पासको सदुपयोग गरेका बिमलको प्रहारलाई एनआरटीका गोलरक्षक प्रदीप भण्डारीले ठम्याउन सकेनन् ।

प्रतिस्पर्धात्मक खेलको २१औं मिनेटमा एनआरटीले बराबरी गोल फर्कायो । बिशाल तामा»को क्रसलाई सदुपयोग गर्दै मासुकीले खेल १Ð१ को स्थितीमा पु¥याएका थिए । मासुकीको गोलपछि खेल रोमाञ्चक बन्न पुगेको थियो ।

करिब चार हजार दर्शकको उपस्थिती रहेको रंगशालामा दुबै टिमले उत्कृष्ट खेल पस्किए । खेलको २३ औं मिनेटमा हेटौडाका अमिर श्रेष्ठको फ्रिकिक प्रहार क्रसबारबाट बाहिरिन पुग्दा बिजय युथले गोल गर्ने अवसर गुमाएको थियो । खेलको ४३औं मिनेटमा बिजय युथका लागि मार्टिनले गोल गरेपनि रेफ्रि नविन्द्र महर्जनले अफसाईड घोषित गरेका थिए ।

त्यसअघि खेलको २१औं मिनेटमा एनआरटीले गरेको गोल पनि अफ घोषित गरिएको थियो । एनआरटीका लागि आन्द्र थेरीले गोल गरेपनि उक्त गोलले मान्यता पाएन । बिजय युथको तुलनामा लयमा देखिएको एनआरटीले खेलको ६०औं मिनेटमा गोल गर्ने राम्रो अवसर खेर फाल्यो । मासुकीले डिबक्स बाहिरबाट प्रहार गरेको फ्रिकिक बललाई हेटौडाका गोलरक्षक अशोक बरालले उत्कृष्ट बचाउ गरेपनि नियन्त्रणमा लिन नसक्दा एनआरटीका दीपेश घलेले अवसर प्राप्त गरे । तर दीपेश पनि गोल गर्न चुके । उनको प्रहार क्रसबारमा लागेर फर्कियो ।

खेलको ६६औं मिनेटमा हेटौँडाका गौरव श्रेष्ठले विशाल तामा»लाई फल गरेपछि एनआरटीले डिबक्स बाहिर फ्रिकिक प्राप्त गरेको थियो । एनआरटीका रन्जन बिष्टले गरेको उक्त फ्रिकिक बललाई बिजय युथका अशोक बरालले उत्कृष्ट बचाउ गरे ।

निकै प्रतिस्पर्धात्मक बनेको निर्धारित समयमा दुवै टिमले गोल गर्न नसकेपछि खेल अतिरिक्त समयमा पुगेको थियो । अतिरिक्त समयको पहिलो मिनेटमै एनआरटीले खेलमा अग्रता लियो । एनआरटीका मासुकीले ब्यक्तिगत दोस्रो गोल गर्दै खेल २Ð१ को स्थितीमा पु¥याए ।

मासुकीको गोलपछि हेटौडा केही दवावमा देखियो । खेलमा अग्रता लिएपछि आक्रामक देखिएको एनआरटीले लगातार अवसर बनायो र अतिरिक्त समयको २५ औं मिनेटमा गोलअन्तर फराकिलो पा¥यो । वन भर्सेस वनको अवसर पाएका स्टेफेन समिरले गोल गर्दै एनआरटीको जितलाई सहज बनाएका थिए ।

एनआरटीको जितमा दुई गोल गरेका मासुकी खेलको म्यान अफ दि म्याच घोषित भए । उनले नगद पाँच हजार प्राप्त गरे । प्रतियोगिता अन्तर्गत हिमालयन शेर्पा क्लब सशस्त्र प्रहरीको एपिएफ क्लबबीच हुनेछ ।

नव जनजागृति युवा क्लबको आयोजनामा जारी प्रतियोगिताको बिजेताले १० लाख र उपबिजेताले पाँच लाख प्राप्त गर्नेछ । प्रतियोगिता चैत्र १९ गतेसम्म संचालन हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस