आज:  २०७९ जेष्ठ ३, मंगलबार | Tue, 17, May, 2022
FLASH NEWS

जीतपुरसिमरा गोल्डकपको उपाधी एनआरटीलाई

एपी खबर २०७८ चैत्र २०, आईतबार (१ महिना अघि) ७४ पाठक संख्या

जगदम्बा १२औं जीतपुरसिमरा गोल्डकपको उपाधी न्युरोड टिम (एनआरटी) ले उचालेको छ । सिमरा रंगशालामा शनिवार भएको खेलमा विभागिय टिमलाई ५Ð० को फराकिलो गोलअन्तरले पराजित गर्दै एनआरटीले उपाधी उचालेको हो ।

एनआरटीलाई उपाधी दिलाउने क्रममा लागि मेसुके ओलोमइ र स्टेफन समिरले समान दुई=दुई गोल गरे भने दीपेश घलेले एक गोल गरे । एनआरटीका लागि यो उपाधी सिजनकै पहिलो हो । यो उपाधी उचालेसंगै एनआरटीले जीतपुरसिमरा गोल्डकप बिजेताको सूचिमा आफूलाई पनि उभ्याउन सफल भएको छ ।

प्रतिस्पर्धात्मक पहिलो हाफको ईन्जुरी समयमा गोलको खाता खोलेको एनआरटीले दोस्रो हाफमा चार गोल थप्दै फराकिलो जित हात पारेको हो । पहिलो हाफमा थपिएको दुई मिनेट ईन्जुरी समयमा मेसुकेले गोल गर्दै एनआरटीलाई अग्रता दिलाएका थिए । दीपेश धिमालले बिशाल घलानलाई लडाएपछि पाएको फ्रिकिकमा मेसुकेले गोल गरेका थिए ।

डिबक्स बाहिरबाट मेसुकेले गरेको प्रहारले सिधै जाली चुमेको थियो । उनको प्रहारलाई रोक्न एपीएफका गोलरक्षक राजु नगरकोटी असफल देखिए । एक गोलको अग्रतासंगै दोस्रो हाफ सुरु गरेको एनआरटीले खेलको ६०औं मिनेटमा दोस्रो थोल थप्यो । मेसुकेको क्रस बललाई सदुपयोग गर्दै दीपेश घलेले टिमका लागि दोस्रो गोल गरे ।

दोस्रो पटक फाईनलमा पुगेर उपविजेतामा सिमित हुन पुगेको एपीएफले सुरुवात देखि आक्रामक खेल खेलेपनि फिनिसि»मा चुकेको थियो । एपीएफ फिनिसि»मा चुक्दा एनआरटी खेलमा हावी हुदै गएको हो । खेलमा दुई गोलले अग्रता लिएको एनआरटीले ७७औं मिनेटमा तेस्रो गोल गरेको थियो । एनआरटीका स्टेफन समिरले गोल गर्दै खेल ३Ð० को स्थितमा पु¥याएका थिए ।

करिब १० हजार दर्शकको उपस्थिती रहेको रंगशालामा ए डिभिजनका दुई टिमबीचको खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको थियो । तर एनआरटीले लगातार गोल गर्दै नतिजा आफ्नो पक्षमा पारेको थियो । खेलको ८१औं मिनेटमा एनआरटीले चौथो गोल थप्दा एपीएफका समर्थक निराश बन्न पुगे । मेसुकेले टिमका चौथो र प्रतियोगितामा व्यक्तिगत पाचौं गोल गरे ।

एक पछि अर्को अवसरलाई स्कोरमा परिणत गर्न सफल एनआरटीले खेलको ८९औं मिनेटमा पाचौं गोल थप्यो । स्टेफन समिरले एनआरटीका लागि पाचौं गोल गरेका थिए । समिरको गोलसंगै एपीएफ अन्तिम भिडन्तमा लज्जास्पद हार व्यहोर्न बाध्य भयो ।

प्रतियोगिताको बिजेता एनआरटीले १० लाख र ट्रफि प्राप्त ग¥यो भने उपविजेता बनेको एपीएफले पाँच लाख हात पारेको छ । विजेताले तथा उपविजेता टिमका खेलाडीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्री प्रेम आलेले पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी एनआरटीका मेसुके घोषित भए । उनले एक थान बेनेली मोटरसाईकल प्राप्त गरेका छन् । प्रतियोगिताको विधागत पुरस्कारतर्फ पनि एनआरटी हावी भयो ।

प्रतियोगिताको उत्कृष्ट गोलरक्षक एनआरटीका प्रदीप भण्डारी, उत्कृष्ट मिडफिल्डर एनआरटीका अशोक थापा, उत्कृष्ट फरवार्ड एनआरटीका स्टेफन समिर, उत्कृष्ट प्रशिक्षक एनआरटीका राजुकाजी शाक्य घोषित भए । प्रतियोगिताको उत्कृष्ट डिफेन्सको उपाधी एपीएफका राजन गुरु»ले प्राप्त गरे भने प्रतियोगिता अवधीभरी ६ गोल गरेका स्टेफन समिरले सर्वाधिक गोलकर्ताको पुरस्कार प्राप्त गरे ।

प्रतियोगिताको उदयीमान खेलाडी आयोजक नव जनजागृति युवा क्लबका सागर चौलागाई घोषित भए । प्रतियोगिताको फेयर प्लेको उपाधी बिजय युथ क्लब हटौडाले प्राप्त गरेको छ । जीतपुरसिमरा उपमहानगरपालिकाको मुख्य सहयोग र जगदम्बा स्टील्स्को मुख्य प्रायोजनमा चैत्र १० गते सुरु भएको प्रतियोगितामा ए डिभिजनका पाँच र मोफसलका पाँच टिमको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस