आज:  २०७९ जेष्ठ ३, मंगलबार | Tue, 17, May, 2022
FLASH NEWS

सगरमाथा महिला साकोसको सभा हल उपप्रमुख चौधरीद्धारा समुदघाटन

प्रिती कुमारी, जीतपुर २०७८ चैत्र २६, शनिबार (१ महिना अघि) १६० पाठक संख्या

जीतपुरसिरमा उपमहानगरपालिका–७ जीतपुरमा रहेको सगरमाथा महिला बचत तथा ऋण सहकारी संस्था लिको सभा हलको समुदघाटन भएको छ । जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख सरस्वती देबी चौधरीले रिबन काटेर संस्थाको सभाहल समुदघाटन गर्नुभएको हो ।

समुदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रमुख चौधरीले महिलालाई आत्मनिरभर बनाउन खेलेको भुमिकाको प्रति सहकारीलाई सहयोग गरेको र यस कार्यलाई थप निरन्तरता दिन संचालक समितिलाई आग्रह गर्नुभयो । उहाँले आफु महिलाको नेतृत्व गर्दै स्थानिय तहमा आएकोले महिलाको जिवन स्तर उकास्ने कार्यहरु गरेको जानकारी समेत गराउनुभएको थियो ।

सासद नेजमा खातुनको आर्थिक सहयोगमा निर्माण सम्पन्न भएको भुइतल्लामा कार्यलय संचालन हुदैँ आएको यस सहकारीले जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख सरस्वतीदेशी चौधरीको आर्थीक सहयोगमा सभाहल निर्माण भएको सगरमाथा महिला बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष सिता उप्रेतीले जानकारी दिनुभयो ।

महिला सदस्यहरुमा आफ्नो फरक पहिचान बनाउन सफल यस सहकारीले बचत तथा ऋण मात्र नभै महिलाहरुको मनोबल बढाउन सिप सिकाउने कार्य समेत गर्दै आएको छ । ३१ महिलाहरुको समुहबाट संचालनमा आएको यस सहकारीमा हाल ६ सय ५० जना सदस्यहरु रहेको संस्थाका अध्यक्ष उप्रेतीले जानकारी दिनुभयो ।

सिता उप्रेतीको अध्यक्षतामा सम्पन्न यस कार्यक्रमको विशिष्ट अतिथीमा देवनरायण चौधरी, अतिथीहरुमा मोविन आलम, मनोज पौडेल, कमला धिमिरे, त्रिलोक बिक्रम रहेका थिए ।

यसै गरि कार्यक्रममा शिव गौरी, विजयराज शर्मा, सुनिल कुमार गुप्ता, सीतादेवी उप्रेती, संराजुल अंसारी लगाएतको सहभागीता रहेको थियो । भने कार्यक्रमको सहजीकरण देवी कुमारी सापकोटाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस