बाराको जीतपुरसिमरा उपमहानगरपालिका– २३ भलुहीमा बाटोको विषयमा झडप हुँदा वडा अध्यक्ष असलम देवान सहित ७ जना घाइते भएका छन् । पथलैया विरगंज सडक खण्डको मोनिलीसा कोईला डिपो अगाडीबाट भलुही गाउँमा जाने बाटो निर्माणको क्रममा भएको विवाद बढेपछि वडा अध्यक्ष देवानलाई निर्घात कुटपिट गरीएको हो ।
झडपमा परि वडा अध्यक्ष देवान, उनका ठुला दाजु नाजिर देवान र नासिर देवान, भतिज ईरफान देवान घाइते भएका छन् । भने मुस्तकिम पक्षका चाँद महम्मद, अनु आरुल महम्मद र मुस्ताक अन्सारी पनि घाइते भएका छन् ।
घाईते हुनेमा वडा अध्यक्ष देवानका ठुला दाजु नाजिर देवान आसियुमा भर्ना भएको बयोधा अस्पताल श्रोतले जानकारी दिएको छ । भने वडा अध्यक्ष देवान र नासिर देवानको पनि बयोधा अस्पतालमै उपचार भैरहेको जनाइएको छ । यता भतिज ईरफान देवानलाई समान्य उपचारपछि घर पठाइएको छ । भने मुस्तकिम पक्षबाट घाईते हुनेहरुको वीरगञ्ज हेल्थकेयर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
बाटो निर्माणका. क्रममा ढलान गर्न छेकबार लगाउन जाँदा सुनियोजीत तरिकाले विकासको काममा अवरोध गर्दा आफुले रोक्ने प्रयास गरेको र त्यस बखत नियत बस आफुलाई कुटपिट गरीएको वडा अध्यक्ष देवानको भनाई छ ।
वडा अध्यक्ष देवानको घाँटी, छाती र ढाडमा चोट लागेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिनुभएको छ । माओवादिबाट वडा अध्यक्षमा विजयी भएका वडा अध्यक्ष देवान हाल एमालेमा रहेका छन् । एमाले र माओवादि पार्टि एकता भै पुनः फुटको संघारमा पुगेको बखत देवान एमालेमै बस्ने निर्णय गरी एमालेबाट पुनः स्थानिय निर्माचनमा भागलिने तैयारीमा छन् । भने एमालेकै अर्का मुस्तकिम अंसारीपनि एमालेबाट नै वडा अध्यक्षको दाबेदारी गर्दै आएका हुन् ।
वडा अध्यक्ष देवानले आफ्नो जनाधार बलियो रहेको कुरा विपक्षीलाई मन नपरेको र आफ्नो ज्यान नै मार्ने उद्धेश्व स्वरुप योजनाबद्ध रुपमा आफुमाथि हमला गरीएको बताउनुभएको छ ।
यता प्रहरीले घटनामा संलग्न रहेको आरोपमा तीन जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा बसरुदिन मिया, लाल महम्मद र अनिल महम्मदलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस