स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट उम्मेदवार बनेकी सरस्वतीदेवी चौधरीलाई जीतपुरसिमरा उपमहानगरपालिकाको पहिलो मेयरको रुपमा हेर्न नगरबासीनै उत्साहित देखिएका छन् ।
चुनावी अभियानका क्रममा मतदातामाझ पुगेकी चौधरीलाई नगरबासीले मेयरमा निर्वाचित भएर ईतिहास रच्न भन्दै शुभकामना दिन थालेका छन् ।
आफ्नो प्रतिबद्धतासहित मतदाताको घरदैलोमा पुगेकी चौधरीलाई जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. २४ का स्थानियले उत्साहित हुदै स्वागत गरे । स्थानियले चौधरीलाई जिताउन अभियाननै चलाएका छन् ।
उहाले उपमेयर भएर धेरै राम्रो काम गनुभएको छ । अब हामी उहालाइै मेयर बनेको हेर्न चाहन्छौ । स्थानिय सुबिला खातुनले भनिन् उहालाईलाइ मेयर बनाउन हामी गाँउका महिला सबै एक भएर लागेका छौ ।
स्थानियको घरघरमा पुगिरहेकी उम्मेदवार चौधरीले आफु बिजयी भएर नगरबासीलाई प्राथकितामा राखेर काम गर्ने बताएकी छिन् । घरदैलोकै क्रममा सोमबार टांगियाबस्ती पुगेकी चौधरीलाई स्थानियले मेयर जिताउने प्रतिबद्धता सहित शुभकामना दिएका थिए ।
उपमेयर भएर काम गर्दा टांगियाबस्तीका बासिन्दालाई प्राथमिकतामा राखेको काम गर्नुभएको छ । स्थानीय रिता दोविले भनिन् अब टांयिाबस्तीको मुहार फेर्न उहालाई जिताउनुपर्छ । घरदैलोमा एमालेका तीन सय भन्दा बढी नेताकार्यकर्ताको उपस्थिती रहेको थियो । वडाध्यक्षका उम्मेदवार हरिदेव खरेलसहित टोली घरदैलोमा पुगेको थियो । यसैगरी छातापिपराकी सञ्जु चौधरीले मेयर उम्मेदवार चौधरीलाई पहिलो महिला मेयर बनेको हेर्न आफूहरु निकै उत्साहित रहेको बताईन् ।
थारु, मधेसी र महिलाको प्रतिनिधित्व गर्दै जीतपुरसिमरा उपमहानगरको मेयरको उम्मेदवार बनेकी चौधरीलाई जित दिलाउन नगरका टोलटोलमा महिलाहरु सक्रिय भएर लागेको एमाले जीतपुरसिमरा परिचालन कमिटी संयोजक मनोज पौडेलले जानकारी दिएका छन् ।
नगरबासी धेरै उत्साहित भएर लाग्नुभएको छ । महिलाहरु अझ बढी खुशी हुनुहुन्छ । पौडेलले भने जीतपुरसिमराले पहिलो महिला मेयर पाउने लगभग निश्चित जस्तै भएको हामीले महसुस गरेका छौं ।
प्रतिक्रिया दिनुहोस