आज:  २०७९ जेष्ठ ३, मंगलबार | Tue, 17, May, 2022
FLASH NEWS

जीतपुरको विकासका लागि ब्यवसाय, शिक्षा र स्वास्थ्य पहिलो प्राथमिक्तामा : सुनिल गुप्ता

प्रिती कुमारी, जीतपुर २०७९ बैशाख २३, शुक्रबार (१ हप्ता अघि) २२४ पाठक संख्या

जीतपुरका लागि नेकपा एमालेका वडा अध्यक्ष उमेदवार सुनिल गुप्तले आफ्नो पहिलो उद्धेश्य ब्यवसाय र शिक्षाको विकास भएको बताउनुभएको छ । जीतपुरको ब्यवसायीहरु संगको रात्री भेलालाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।

 

वडा अध्यक्षको उमेदवार सुनिलले जीतपुर ब्यवसायीक केन्द्र भएको बताउँदै यस वडाका ब्यवसायीलाई सहज ढङ्गबाट ब्यवसाय संचालन गर्न गर्नुपर्ने हरेक कुरा गर्न आफु प्रतिबद्ध रहेको बताउनुभयो ।

 

उहाँले जीतपुर पुर्ण रुपले शिक्षीत हुनुपर्ने आफ्नो उद्धेश्य रहेको बताउदै शिक्षा क्षेत्रमा भएको राजनिति बन्द गर्ने र विद्यालयलाई अभिभावकको संलग्नतामा पुर्ण शिक्षामैत्री बनाउने योजना समेत आफुले तैयार गरेको बताउनुभयो ।

 

उहाँले जनघनत्व बढि भएको जीतपुर बासिले आजपनि स्वास्थ्य उपचार गराउन विरगंज वा सिमरा जानुपर्ने बाध्यातालाई हटाउने गरी आफुले कार्य गर्ने प्रतिबद्धता जाहेर गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस