आज:  २०७९ जेष्ठ ३, मंगलबार | Tue, 17, May, 2022
FLASH NEWS

जीतपुरसिमरा उपमहानगरपालिकामा ७५.५९ प्रतिशत मतदान

प्रिती कुमारी, जीतपुर २०७९ बैशाख ३०, शुक्रबार (३ दिन अघि) ६० पाठक संख्या

जीतपुरसिमरा उपमहानगरपालिकामा ७५.५९ प्रतिशत मतदान भएको छ । ७० हजार ६४ मत रहेको यस उपमहानगरपालिकामा शुक्रवार सम्पन्न निर्वाचनमा ७५.५९ प्रतिशत मतदान भएको हो ।

 

जीतपुरसिमरा उपमहानगरपालिकामा ५२ हजार ९ सय ५८ मत खसेको यस उपमहनगरपालिकाका सहायक निर्वाचन अधिकृत बालाराम खड्काले जानकारी दिनुभएको छ ।

 

बिहान ७ बजे शुरु भएको निर्वाचनमा चर्काे घाम र दिउसो परेको पानिले पनि खासै प्रभाव नपरेको बताउदै उहाँले साझँ ५ बजेसम्ममा ७५.५९ प्रतिशत मतदान भएको जानकारी दिनुभएको छ ।

 

मतदान गर्नेमा २७ हजार २ सय ५० पुरुष र २५ हजार ७ सय ८ महिला गरी कुला ५२ हजार ९ सय ५८ मतदान भएको जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस