आज:  २०७९ जेष्ठ ३, मंगलबार | Tue, 17, May, 2022
FLASH NEWS

जीतपुरसिमरा उपमहानगरपालिकामा मतगणना कार्य शुरु गर्न अब केहि बेरमा सर्वदलिय बैठक बस्दै

प्रिती कुमारी, जीतपुर २०७९ बैशाख ३०, शुक्रबार (३ दिन अघि) १२३ पाठक संख्या

जीतपुरसिमरा उपमहानगरपालिकामा शुक्रवार सम्पन्न निर्वाचनको मतगणना कार्य शुरु गर्न अब केहि बेरमा सर्वदलिय बैठक बस्ने भएको छ । यस उपमहानगरपालिकाका सहायक निर्वाचन अधिकृत बालाराम खड्काले मतगणना गर्न सर्वदलिय बैठक बस्ने तैयारी भएको जानकारी गराउनुभएको छ ।

 

सबै मतदान स्थलबाट मत पेटिका आइसकेको जानकारी दिदैँ उहाँले अबको केहि बेरमा सर्वदलिय बैठक बसि मतगणना शुरु गर्ने समय निर्धारण गर्ने जानकारी दिनुभयो ।

 

उहाँले यस उपमहानगरपालिकामा ७५.५९ प्रतिशत मतदान भएको समेत जानकारी दिनुभएको छ । ७० हजार ६४ मत रहेको यस उपमहानगरपालिकामा शुक्रवार सम्पन्न निर्वाचनमा ५२ हजार ९ सय ५८ मतदान भएको उहाँले जानकारी दिनुभएको हो ।

 

प्रतिक्रिया दिनुहोस