जीतपुरसिमरा उपमहानगरपालिकाको मतगणना सुरु भएको छ । शुक्रवार राती बसेको सर्वदलीय बैठकले मतगणना शुरु गर्ने निर्णय गरे लगतै विहान ३ बजे मतगणना सुरु भएको हो ।
तारजाली र कडा सुरक्षा घेरा भित्र उपमहानगरपालिकाको वडा नं। २४ बाट मतगणना सुरु गरिएको निर्वाचनय सहायक अधिकृत बालाराम खड्काले जानकारी दिनुभएको छ । कुल २ हजार ३ सय ४८ मतदाता रहेको वडा नं। २४ मा १ हजार ८ सय १६ मत खसेको थियो ।
प्रतिक्रिया दिनुहोस