आज:  २०७९ अषाढ १८, शनिबार | Sat, 02, Jul, 2022
FLASH NEWS

जीतपुरसिमरा वडा नम्बर ४ मा माओवादिका ईश्वर खत्री बिजयी

प्रिती कुमारी, जीतपुर २०७९ जेष्ठ २, सोमबार (१ महिना अघि) ४०३ पाठक संख्या

जीतपुरसिमरा उपमहानगरपालिकामा नेकपा माओवादि केन्द्रले खाता खोलेको छ । वडा नम्बर ४ मा माओवादि केन्द्रका तर्फबाट भोजबहादुर खत्री (ईश्वर) ले खाता खोल्न सफल भएका हुन् ।

 

खत्रीले ९२४ मत ल्याएर यस उपमहानगरपालिका माओवादि केन्द्रलाई जीत निकाल्न सफल भएका हुन् । उनले आफ्नो निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका भागवत चौधरीलाई ३ सय ६१ मत अन्तरले पराजीत गरेका हुन् ।

 

खत्री २०७४ सालको निर्वाचनमा पनि वडा अध्यक्षमा निर्वाचत भएका थिए । यस निर्वाचनमा वडा अध्यक्ष सहित ३ सदस्यमा उनले जीत निकाल्न सफल भएपनि एकजना वडा सदस्य एमालेबाट आएको सहायक निर्वाचन अधिकृत बालाराम खड्काले जानकारी दिनभयो ।

प्रतिक्रिया दिनुहोस