आज:  २०७९ अषाढ १८, शनिबार | Sat, 02, Jul, 2022
FLASH NEWS

शुक्रबार सुन चाँदीको मूल्यमा सामान्य वृद्धि

एपी खबर २०७९ जेष्ठ १३, शुक्रबार (१ महिना अघि) ८८ पाठक संख्या

काठमाडौं । साताको अन्तिम दिन शुक्रबार सुन चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । बिहीबारको तुलनामा सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेको छ भने चाँदीको मूल्य तोलामा १० रुपैयाँ वृद्धि भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

बढेको मूल्यअनुसार छापावाल सुनको मूल्य ९८ हजार रुपैयाँ पुगेको छ भने तेजावी सुनको मूल्य ९७ हजार ५ सय रुपैयाँ पुगेको छ । यस्तै चाँदीको मूल्य तोलामा १ हजार २८० रुपैयाँ पुगेको छ ।

बिहीबार ९७ हजार ८ सय रुपैयाँमा छापावाल, ९७ हजार ३ सय रुपैयाँमा तजावी र १ हजार २७० रुपैयाँमा चाँदीको कारोबार भएको थियो

प्रतिक्रिया दिनुहोस