आज:  २०७९ अषाढ १८, शनिबार | Sat, 02, Jul, 2022
FLASH NEWS

जीतपुर बजारलाई ब्यवस्थित बनाउन वडा अध्यक्षद्धारा छलफल, सफा र सुन्दर नगरी बनाउन सबै वडा बासिको सहयोग आवश्यक

प्रिती कुमारी, जीतपुर २०७९ जेष्ठ २१, शनिबार (३ हप्ता अघि) ५३२ पाठक संख्या

बाराको जीतपुरसिमरा उपमहानगरपािलका वडा नम्बर ७ जीतपरलाई सफा र सुन्दर नगरी बनाउन सबै वडा बासिले सहयोग भएका मात्र सम्भव हुने वडा अध्यक्ष सुनिल गुप्ताले बताउनुभएको छ ।

 

जीतपुर बजारलाई ब्यवस्थान गर्ने उद्धेश्यले आयोजना गरीएको छलफल कार्यक्रममा बोल्दै वडा अध्यक्ष गुप्ताले सबैको सहकार्य भए मात्र जीतपुरलाई सुन्दर नगरी बनाउन सकिने बताउनुभएको छ ।

 

जीपतुरसिमरा नगर उद्योग वाणिज्य संघ जीतपुरको कार्यालयमा आयोजीत कार्यक्रममा अब्यवस्थित रहेको जीतपुर बजारलाई ब्यवस्थित बनाउन आयोजीत छलफलमा उस्थित ब्यवसायीका साथै स्थानियहरुले जीतपुर बजारमा भएको समस्याको बारेमा वडा अध्यक्ष गुप्तालाई जानकारी गराएका थिए ।

 

खास गरी माछा बजारमा भएको दुरगन्ध, तरकारी बजारको फोहर ब्यवस्थापन, बजार आएका सेवा ग्राहीहरुका लागि खानेपानीको ब्यवस्थापन, शौचालयको ब्यवस्थापन लगाएत समस्याको बारेमा आएको गुनासोलाई वडा अध्यक्ष गुप्ताले समाधान गर्न तुरुन्त पहल शुरु गर्ने जानकारी गराउनुभएको थियो ।

 

यसरी ब्यवसायीहरुको समस्या सुनेर समाधान गर्ने प्रतिबद्धता गरेको प्रति जीतपुरका ब्यवसायीहरुले खुःसी ब्यक्त गरेका छन् । छोटो समयमै सरसफाईको क्षेत्रमा काम शुरु भैसकेको र अन्य विषयमा पनि वडा अध्यक्षले देखाउनुभएको चासो साकारात्मक रहेको किराना ब्यवसायी संघका अध्यक्ष राजकुमार कलवारले बताउनुभएको छ ।

 

छलफल कार्यक्रममा जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष संजय साह, उपाध्यक्ष मनोज गुप्ता, कोषाध्यक्ष अमर यादब, वडा सदस्य नबिन मौनाली, ईलाका प्रहरी कार्यालय जीतपुरका प्रमुख प्रहरी नायब निरिक्षक राजन थापा, वडाका सचिव डिल्ली ढुङ्गाना लगाएतको उपस्थिती रहेको थियो । भने कार्यक्रमको अनिल तिवारीले सहजीकरण गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस