आज:  २०७९ अषाढ १८, शनिबार | Sat, 02, Jul, 2022
FLASH NEWS

विश्व वातावरण दिवसको अवसरमा जनहित उपभोक्ता समितिको बृक्षारोपण सम्पन्न

प्रिती कुमारी, जीतपुर २०७९ जेष्ठ २२, आईतबार (३ हप्ता अघि) ४१ पाठक संख्या

विश्व वातावरण दिवसको अवसरमा बाराको सिमरामा रहेको जनहित उपभोक्ता समितिले आज औपचारिक कार्यक्रम सहित वृक्षारोपण कार्य सम्पन्न गरेको छ । समितिको कार्यलय परिसरमा भएको बृक्षारोपण कार्यक्रममा अमला,अम्वा, टिक,सिसौ,साल लगायतका बिरूवा रोपेर औपचारिक कार्यक्रमको उद्धघाटन गरिएको थियो ।

 

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै जितपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले वातावरण संरक्षणमा सामुदायिक वन तथा संबद्ध संस्थाहरूको भुमिका महत्वपूर्ण हुने बताए । कार्यक्रममा नगर उपप्रमुख भोला प्रसाद अधिकारीले फोहोरमैला व्यवस्थापन,वातावरण संरक्षण तथा स्वस्छ नगर निर्माणमा उपमहानगरपालिका सदैब तत्पर रहेको बताए ।

 

जितपुरसिमरामा बढ्दै गएको प्रदुषणमा नगरको भुमिका प्रति प्रश्न गर्दै जितपुरसिमरा सार्बजनिक सरोकार समिति संयोजक तथा एमाले नेता मनोज पौडेलले उद्योगबाट हुने प्रदुषण नियन्त्रणमा सरोकार समितिले सधै खबरदारी गरेको तर उपमहानगरपालिकाबाट त्यस सम्बन्धमा काम नभएको गुनासो व्यक्त गरे ।

जनहित उपभोक्ता समितिका अध्यक्ष अमृतलाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एमाले नेता देव नारायण चौधरी, जितपुरसिमरा उपमहानगरपालिका वातावरण प्रमुख पुष्पा सिह, जनकल्याण बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष कमला घिमिरे, समाजसेवी मुकुन्द बहादुर क्षत्री, वडा नं २ का वडा अध्यक्ष धन बहादुर श्रेष्ठ, वडा नं ६ का वडा अध्यक्ष कैमुद्धिन अन्सारी, संस्थाकाका संथापक अध्यक्ष मधुसुदन सिटौला लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा स्थानिय तहमा निर्वाचित जितपुरसिमराका नगरप्रमुख,उपप्रमुख, वडा नं १,२,३,६ र ७ का वडा अध्यक्षहरूलाई सम्मान समेत गरेको थियो ।

 

समितिका सचिव पेशल मुल्मीको संचालन रहेको कार्यक्रममा स्वागत मन्तव्य सदस्य पदमा बस्नेतको रहेको थियो ।

प्रतिक्रिया दिनुहोस