आज:  २०७९ अषाढ १८, शनिबार | Sat, 02, Jul, 2022
FLASH NEWS

सशस्त्र प्रहरी द्वारा सप्तरीबाट पाल्म तेलसहितको ट्रक बरामद

एपी खबर २०७९ अषाढ ३, शुक्रबार (२ हप्ता अघि) ७२ पाठक संख्या

सप्तरी । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको हनुमाननगर कंकालीनी नगरपालिका-१ कोशी ब्यारेजस्थित सडकबाट सशस्त्र प्रहरीले पाल्म तेलसहित ट्रक बरामद गरेको छ ।

 

युपी ७५ एम ३६९५ नम्बरको ट्रक रोकेर चेकजाँच गर्दा भन्सार राजश्व नतिरेको ५४ लाख ९६ हजार रुपैयाँको १५ सय टिन पाल्म तेल बरामद भएको सशस्त्र प्रहरी छिन्नमस्ता बाहिनीका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआईजी) गणेश ठाडामगरले जानकारी दिए ।

 

सशस्त्र प्रहरीले ट्रक चालक भारत कानपुरका ३० वर्षिय अबध बाबु र सहचालक २३ वर्षीय धिरज कुमारलाई पनि पक्राउ गरेको छ ।

 

बरामद रिफाइन्ड पाल्मोलियन आयलको ५४ लाख ९६ हजार र ट्रकको ५५ लाख गरि कुल १ करोड ९ लाख ९६ हजार मुल्यांकन गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस