आज:  २०७९ अषाढ १८, शनिबार | Sat, 02, Jul, 2022
FLASH NEWS

छिमेकीको कुटाइबाट पर्सामा एक वृद्धको मृत्यु

एपी खबर २०७९ अषाढ ३, शुक्रबार (२ हप्ता अघि) ३५ पाठक संख्या

बिरगंज– पर्सा जिल्लाको पकहाँमैनपुर गाउँपालिका–१ धोरे बस्ने ६५ वर्षीय दशैं महराको छिमेकीको कुटाइबाट मृत्यु भएको पर्सा प्रहरीले जनाएको छ ।

 

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार गएराति ११ः२० बजेतिर महरा र छिमेकी महेश राम बिच झगडा भएको थियो । केही दिन अघि महेश रामको घरमा एक पुरूष पसेको विषयमा दुवै घरका महिला सदस्यबीच विवाद भएको थियो । त्यसैमा दशैं र महेश पनि मिसिन पुगेका थिए ।

 

विवादले उग्र रुप लिएपछि महेशले दशैंको टाउकोमा लाठीले हान्दा बेहोस भएपछि उनलाई उपचारका लागि नारायणी अस्पताल वीरगञ्जमा ल्याइएको थियो । उपचारको क्रममा दशैं महराको गएराति १ बजे मृत्यु भएको हो ।

 

यता प्रहरीले यसमा संलग्न रहेको आरोपमा दुई जनालाई नियन्त्रणमा लिएको छ । छिपरमाई गाउँपालिका २ टिहुकीका ३२ वर्षीय अर्जुन राम, महेश रामको श्रीमति ५२ वर्षीया रम्बा देबीलाई पक्राउ गरिएको हो ।

 

कुटपिट गर्ने महेश राम फरार रहेको र उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस