रौतहट– रौतहट जिल्लाको फतुवा विजयपुर नगरपालिकाको वडा न २ को नवनिर्वाचित वडा अध्यक्ष अनिरुद्ध यादवले शुक्रवार एक कार्यक्रमको बीच सडक ढलानको शिलान्याश गर्नु भएको छ ।
फतुवा विजयपुर नगरपालिकाको वडा न २ को सितलपुर ट्रान्सफरमर देखि लिएर मेवा जाने बाटोमा २१० मिटर सडक ढलानको शिलान्याश गर्नु भएको छ । वडा अध्यक्ष यादवले सडक ढलानको शिलान्याश गरे लगतै सडक ढलान कार्य तिब्र रुपमा अगाडी बढेको छ ।
वडा न २ को योजना अन्तर्गत करिब २७ लाखको लागतमा उक्त सडक ढलान कार्यको शिलान्याश गरिएको वडा अध्यक्ष अनिरुद्ध यादवले बताउनु भएको छ । वडा अध्यक्ष यादव निर्वाचित भए लगतै एक्सनमा आएर आफ्नो वडा भित्रको बिद्यालय स्वास्थ्य चौकीमा छड्के अनुगमन समेत गर्नु भएको थियो ।
वडा अध्यक्ष यादवले अब चाडैनै सितलपुर गाउँमा नाला निर्माणको कार्य अगाडी बढाउने समेत बताउनु भयो । त्यस्तै वहाले प्रदेश सरकार र केन्द्र सरकार संग सितलपुरको ठप्प बिकाशको लागि बजेटको समेत माग गर्नु भएको छ ।
प्रतिक्रिया दिनुहोस