आज:  २०७९ अषाढ १८, शनिबार | Sat, 02, Jul, 2022
FLASH NEWS

युवा वडाअध्यक्ष यादव सडक निर्माण कार्यमा आफै कोदालो लिएर उत्रिए पछि

अखिलेश यादव, रौतहट २०७९ अषाढ ३, शुक्रबार (२ हप्ता अघि) २०२ पाठक संख्या

रौतहट- फतुवा विजयपुर नगरपालिकाका वडा नं ९ को नवनिर्वाचित युवा वडाअध्यक्ष राकेश_कुमार_यादव उर्फ पप्पुले चुनावी क्रममा जनताको घरदैलोमा भोट माग्दा वडा बासिसँग गरेको प्रतिबद्धता तिब्र रुपमा पूरा गर्न लागेको हो ।

 

चुनावी प्रतिबद्धता अनुसार वडा अध्यक्ष यादवले लगातार दुई दिन देखि नयाँ सडक निर्माण गराउन कार्यमा आफै कोदालो लिएर उत्रिएका छन् ।धेरै जसो जनप्रतिनिधिहरूले चुनावको बेलामा आफुतिर भोट केन्द्रित गर्न धेरै प्रतिबद्धता गरि निर्वाचित भएपछि पुरा गर्न चाहदैनन् वा गर्न चाहदैनन् तर युवा अध्यक्ष यादवले वडामा रहेको विभिन्न समस्यालाई सुधार गर्दै अगाडि बढिरहेको छ ।

 

उहाँको दुई दिनको अथक मेहनतले खैरा देखि बढडवा जाने बाटोमा जनतालाई आवतजावत गर्न भईरहेको कठिनाइको तत्काल अन्त्य भए पछि गाउँले बासीको अनुहारमा खुशी आएको छ ।आफै सडक मर्मतमा कोदालो लिएर वडाअध्यक्ष यादव उत्रे पछि नगरपालिका भरि अहिले उनको चर्चा भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस