आज:  २०७९ अषाढ १८, शनिबार | Sat, 02, Jul, 2022
FLASH NEWS

दक्षिण अफ्रिकामाथि भारतको सानदार जित

AuthorAP Khabar२०७९ अषाढ ४, शनिबार (२ हप्ता अघि) ५४ पाठक संख्या

एजेन्सी – तीव्र गतिका बलर आवेश खानको घातक बलिङको सहयोगमा भारतले चौथो टि२० आई खेलमा दक्षिण अफ्रिकामाथि ८२ रनको सानदार जित हात पारेको छ । योसँगै पाँच टि२० आई खेलको सिरिज २-२ को बराबरी अवस्थामा पुगेको छ ।

जितको लागि १ सय ७० रनको विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिका १६.५ ओभरमा ८७ रनमा अल आउट भयो । दक्षिण अफ्रिकाले टि२० आईमा बनाएको यो सबैभन्दा कम योगफल हो । यसअघि दक्षिण अफ्रिकाको सबैभन्दा कम योगफल टि२० आईमा २०२० मा अष्ट्रेलियाविरुद्ध ८९ रन थियो ।

दक्षिण अफ्रिका ८ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । दक्षिण अफ्रिका रास्सी भान डर डुसेनले २० बलमा २ चौका सहित सर्वाधिक २० रनको योगदान दिए । ओपनर क्विन्टन डि कक १३ बलमा २ चौकासहित १४ रनमा रन आउट भए ।
हेनरिक क्लासेन ८, डेविड मिलर ९, मार्को यानसन १२, केशव महराज शून्य, एनरिच नोर्किया एक र लुन्गी एनगिडी ४ रनमा आउट भए ।

आवेश खानले ४ ओभरमा १८ रन खर्चेर ४ विकेट लिए । युजभेन्द्र चहलले ४ ओभरमा २१ रन खर्चेर २ विकेट लिए । हर्षल पटेलले २ ओभरमा ३ रन खर्चेर १ विकेट लिए । अक्षर पटेलको नाममा १ विकेट रह्यो ।

त्यसअघि राजकोटमा टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६९ रन बनाएको थियो । भारतका दीनेश कार्तिकले २७ बलमा ९ चौका र २ छक्कासहित सर्वाधिक ५५ रनको योगदान दिए । कार्तिकको पहिलो टि२० आई अर्धशतक हो । आफ्नो उच्च लयलाई कार्तिकले निरन्तरता दिँदै उत्कृष्ट ब्याटिङ गरेका हुन् ।

अलराउन्डर हार्दिक पान्ड्या ३१ बलमा ३ चौका र ३ छक्कासहित ४६ रनको योगदान दिए । कमजोर प्रदर्शन गरेको भारतलाई पाँचौं विकेटका लागि हार्दिक र दीनेशले ३३ बलमा ६५ रनको साझेदारी गरेका थिए । भारतको शीर्षक्रम ब्याटिङ भने राम्रो हुन सकेन ।

कप्तान तथा विकेटकिपर ऋषभ पन्त पुन खराब प्रदर्शन गर्दै आउट भए । ओपनर ऋतुराज गायकवाड ५, ईशान किशन २६, श्रेयस ऐर ४ र ऋषभ पन्त १७ रनमा आउट भए । पन्तले २३ बल खेल्दै २ चौका प्रहार गरेका थिए ।

दक्षिण अफ्रिका लुन्गी एनगिडीले ३ ओभरमा २० रन खर्चेर २ विकेट लिए । मार्को यानसन, एनरिच नोर्किया, ड्वेन प्रिटोरियसले र केशव महाराजले १(१ विकेट लिए ।

दक्षिण अफ्रिका सुरुवात दुई खेलमा ७ विकेट र ४ विकेटले विजयी भएको थियो । भारत दोस्रो खेलमा ४८ रनले विजयी भएको थियो । पाँचौं तथा निर्णायक खेल आइतबार बेंगलोरमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस