आज:  २०८१ भाद्र २३, आईतबार | Sun, 08, Sep, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सम्पतीको लोभमा बृद्धको हत्या, संलग्न चार जना प्रहरीको खोरमा

AuthorAP Khabar २०७५ कार्तिक १३, मंगलबार ( ५ साल अघि) ५१८ पाठक संख्या

AP संवादाता
कलैया, कार्तिक १३ : जिल्ला प्रहरी कार्यालय बाराले हत्यामा संलग्न ४ जनालाई सार्वजनिक गरेको छ । कलैया उपमहानगरपालिका २३ कोईरिया टोलाका ६५ वर्षीय नन्दलाल राउत कुर्मीको केहि दिन पहिले भएको हत्या अभियोगमा प्रहरीले निजहरुलाई पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरेको हो ।
हत्यामा संलग्न कलैया उपमहानगरपालिका २३ कोईरिया टोलका १९ वर्षिय विशाल पटेल, ६५ वर्षिय बैजनाथ राउत कुर्मी, ४५ वर्षिय बिरेन्द्र पटेल, र साविक अमृतगंज गाविस ९ का ५५ वर्षिय जोधा भन्ने रामअयोध्या दास तत्मालाई प्रहरीले मंगलवार सार्वजनिक गरेको हो ।
मृतक नन्दलालको कान्छो भाईको नातिनिसंग विरेन्द्र पटेलले आफनो छोरा विशालसंग विवाह नगराईदिदा मृतकको जग्गा सम्पति आफ्नो नहुने भएपछि सम्पतिको लोभमा हत्या भएको पत्रकार सम्मेलनमा बाराका प्रहरी उपरीक्षक सानुराम भट्टराईले जानकारी दिनुभयो ।
नन्दलालको वितेको शनिबार राती घाँटी रेटी हत्या गरीएको थियो । मृतकले आफ्नो दुई विघा जग्गामा खनेको पोखरीमा सरकारबाट पाउने अनुदान नदिएको रिसिविमा हत्या भएको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरी उपरीक्षक भट्टराईले बताउनुभएको छ ।
हत्यामा बिरेन्द्र र रामअयोध्या योजनाकारको रुपमा देखा परेको प्रहरीले जनाएको छ । घटनाको बारेमा चारैजनालाई नियन्त्रणमा राखेर थप अनुसन्धान जारी राखेको प्रहरी उपरीक्षक भट्टराईले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस