चैत्र २२ प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल बिहिबार फ्रान्सको लियोन प्रस्थान गर्नुभएको छ । महानिरीक्षक खनाल चैत २६ देखि २८ गतेसम्म फ्रान्समा संचालन हुने इन्टरपोलको १५औं सम्मेलनमा सहभागी हुन त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।
प्रहरी महानिरीक्षक खनाललाई वरिष्ठ प्रहरी अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा शुभकामनासहित बिदाई गर्नुभयो । सम्मेलनमा सुरक्षा प्रमुखहरुसँगको अन्तरक्रियाबाट अपराध नियन्त्रणको रणनीतिका र सहकार्यको लागि छलफल हुनेछ ।
इन्टरपोल महासचिवालयको आयोजनामा प्रत्येक वर्ष सम्मेलन संचालन हुने गरेको छ । यस वर्षको सम्मेलनमा इन्टरपोलका सम्पूर्ण १ सय ९४ सदस्य राष्ट्रका प्रतिनिधि सहभागी हुने कार्यक्रम छ ।
janta samachar
प्रतिक्रिया दिनुहोस