आज:  २०८१ पौष ८, सोमबार | Mon, 23, Dec, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

राष्ट्रिय सहकारी बैक सिमरद्धाद्धारा एक दिने शाखा स्तरीय गोष्ठिको आयोजना

AuthorAP Khabar २०७६ श्रावण १९, आईतबार ( ५ साल अघि) ३७८ पाठक संख्या

एपी खबर
जीतपुर, १९ साउन : राष्ट्रिय सहकारी बैक सिमरा शाखाले “सहकारीका लागि विद्यमान कानूनः अवसर र चुनौती” विषयक एक दिने शाखा स्तरीय गोष्ठिका आयोजना गरेको छ । राष्ट्रिय सहकारी बैँक लिमिटेडको स्थापना दिवस तथा कारोबार शुभारम्भ दिवसको अवसरमा सिमरा शाखाले यस कार्यक्रमको आयोजना गरीएको हो ।

“दिगो विकास लक्ष्य प्राप्तीका लागि सहकारी” भन्ने नाराका साथ आयोजीत यस कार्यक्रममा राष्ट्रिय सहकारीमा अबद्ध सहकारीका प्रतिनिधीहरुको उल्लेख्य रुपमा सहभागीता रहेको थियो ।

सहकारीकर्मि मुकुन्द बहादुर क्षेत्रीको सभाअध्यक्षतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय सहकारी बैँकका संचालक पावर्ती थापाको प्रमुख आतिथ्यता रहेको थियो । भने कार्यक्रममा बारा जील्ल बचत तथा ऋण सहकारी संघका अध्यक्ष सतेन्द्र ठाकुर, जील्ला कृषि सहकारी संघका अध्यक्ष मिश्रीलाल सहनि, सहकारी कर्मि राजु अधिकारी लगाएतले मनतब्य राख्नुभएको थियो ।

कार्यक्रममा सहकारी बैँक सिमराका प्रमुख गोविन्द ओझाले सहजीकरण गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस