असोज , ५ : सेनाविरुद्ध आवाज उठाउने पाकिस्तानी मानवाधिकार कार्यकर्ता महिनौंसम्म लुकेपछि पाकिस्तान छोडेर भागेकी छिन् ।पाकिस्तानी मानवाधिकार कार्यकर्ता गुलालाई इस्माइल अब अमेरिकामा छिन् । इस्माइल पाकिस्तानी सरकारको निशानमा थिइन् तर उनीमाथि लगाएको यात्रा प्रतिबन्धबाट बचेर देश छोडेर भाग्न सफल भएकी छिन् ।पाकिस्तानले इस्माइलमाथि ‘राज्य विरोधी गतिविधी’ र ‘हिंसा भड्काएको’ गम्भीर आरोप लगाएको छ ।
इस्लाइलले आफ्नो ज्यानमाथि खतरा भएकाले देश छोडेर भाग्न बाध्य भएको बताइन् । समाचार एजेन्सी एएफपीसँगको कुराकानीमा उनले भनिन्, ‘यदि मलाई जेलमा राखेर वर्षौंसम्म प्रताडित गरिएको भए मेरो आवाज दबिन्थ्यो ।’उनका पिता मुहम्मद इस्माइलले बीबीसी उर्दूसँगको कुराकानीमा इस्माइलविरुद्ध पाकिस्तानी अदालतमा ६ मुद्दा दर्ता भएको र छोरीको ज्यानमाथि गम्भीर खतरा भएको बताए ।उनले भने, ‘गुलालाइले यतिबेला देश छोड्ने निर्णय गरिन् किनभने उनको ज्यानलाई खतरा भएको महसुस भयो । तत्काल देश नछोडे उनीमाथि जे पनि हुनसक्ने उनलाई भित्रैदेखि भान भयो ।’इस्माइलले एक बयानमा भनिन्, ‘पछिल्ला केही महिना निकै मुश्किल रहे । मलाई धम्की दिइयो र अत्यधिक तनावमा पारियो । म भाग्यमानी हुँ कि म जिउँदो रहन सकेँ ।’
इस्माइलले यात्रामा प्रतिबन्ध लगाइए पनि देश छोड्न कसरी सफल भइन् भनेर स्पष्ट पारेकी भने छैनन् । तर उनले द न्यूयोर्क टाइम्ससँगको कुराकानीमा भनिन्, ‘म हवाई अड्डाको बाटो भएर देशबाट निस्किएकी होइनँ ।’३१ वर्षीया मानवाधिकार कार्यकर्ताले अब राजनीतिक शरणका लागि अनुरोध गरेकी छिन् र अहिले उनी न्यूयोर्कमा आफ्नी बहिनीसँग बसिरहेकी छिन् ।पछिल्ला केही वर्षदेखि इस्माइल मानवाधिकारको हननको मुखर आलोचक हुन् । इस्माइल विशेषगरी महिला र युवतीहरुविरुद्ध भइरहेको अत्याचारविरुद्ध आवाज उठाउने गर्छिन् ।यद्यपि, यस्तो लाग्छ कि उनले पछिल्लो वर्ष नै सरकार र आधिकारीको ध्यान आफूतर्फ खिचेकी छिन् ।
इस्माइलले एएफपीसँगको कुराकानीमा उनलाई दुई दिनसम्म चिसो कोठामा केही खान पिउन नदिइ राखिइको बताइन् ।तर मे मा पक्राउ परेपछि उनले लुक्ने निर्णय गरिन् । त्यतिबेला उनी एक इस्लामिक उपनगरमा १० वर्षीया पश्तून बालिका फरिश्ताको बलात्कार र हत्यामाथि भइरहेको विरोधमा समावेश थिइन् । यतिबेला उनीविरुद्ध ‘राज्य र अन्य राष्ट्रियताविरुद्ध ’ उक्साएको आरोप लगाएको थियो ।
रातोपाटि ;
प्रतिक्रिया दिनुहोस