असोज , १३ : संविधानबाट अनुच्छेद ३७० हटाएपछि जम्मू–कश्मीरमा आगामी २४ अक्टोबरमा पहिलोपटक चुनाव गरिने भएको छ ।जम्मू–कश्मीरका मुख्य चुनाव अधिकारी शैलेन्द्रकुमारले ब्लक डेभलप्मेन्ट काउन्सिलका लागि आगामी अक्टोबर २४ मा गराइनेछ ।
यो चुनावको पहिलो चरणमा २६,६२९ पञ्च र सरपञ्च ब्लक डेभलप्मेन्ट काउन्सिलको अध्यक्षको चुनाव गरिने बताइएको छ । यस दिन प्रदेशको २२ जिल्लामा जिल्ला विकास बोर्डका लागि पनि अध्यक्ष चुनिने छन् ।
यसअघि सन् २०१८ को नोभेम्बरमा जम्मू कश्मीरको पञ्चायतको चुनाव गराइएको थियो । उक्त चुनावमा नेशनल कन्फ्रेन्स र पीडीपी जस्ता प्रमुख क्षेत्रीय पार्टीले ती चुनावमा भाग लिन अस्वीकार गरेका थिए ।
रातोपाटि ;
प्रतिक्रिया दिनुहोस