काठमाडौं , पुस ९ : पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालको विकासमा जापान भरपर्दो साझेदार भएकाे बताउनु भएकाे छ ।
काठमाडाैंमा सोमबार आयोजित ‘नेपाल–जापान मैत्री सम्बन्ध’ अन्तरक्रिया कार्यक्रममा अध्यक्ष दाहालले नेपाललाई जापानले विनासर्त निःश्वार्थभावले आर्थिक सहायता गर्दै आएको स्मरण गराउनुभयो । उहाँले विना दवाव, सर्तरहित सहायता उपलब्ध गराउने गरेकाले जापानलाई नेपाल राष्ट्र र नेपाली जनताले उच्च सम्मानका साथ हेर्ने गरेको पनि स्पष्ट पार्नुभयो ।
अध्यक्ष दाहालले शान्ति स्थापना तथा विपद् व्यवस्थापन जस्ता समस्याबाट जुधेर अघि बढेको जापानबाट नेपालले धेरै सिक्न सक्ने पउल्लेख गर्नु भयो । उहाँले गौतम बुद्धको जन्मस्थल नेपाल र बुद्ध धर्मप्रति आस्थावान जापानी जनताबीचको सम्बन्ध भावनात्मक रुपले विशिष्ट ढंगको रहेको बताउनुभयो । जापानले नेपालको पूर्वाधार, शिक्षा र स्वास्थ्यको क्षेत्रमा गरेको आर्थिक सहायता अविस्मरणीय रहेको अध्यक्ष दाहालको भनाई छ ।
जनता समाचार
प्रतिक्रिया दिनुहोस