श्रावण : बाराको देवताल गाउँपालिकामा निषेधाज्ञा जारी गरिएको छ । गाउँपालिकामा ठुलो संख्यामा कोरोना भाइरस संक्रमित भेटिएसँगै अर्को सूचना जारी नभएसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो ।
गत असार ३० गते गाउँपालिकामा ७४ जनाको स्वाब संकलन गरेर कोरोना परिक्षण गर्दा ११ महिला र ३६ पुरुषमा गरी ४६ जनामा संक्रमण देखिएपछि निषेधाज्ञा जारी गरिएको बारा जिल्लाका प्रमुख जिल्ला अधिकारी, रुद्रप्रसाद पण्डितले जानकारी दिए ।
निषेधाज्ञासँगै अत्यावश्यक खाद्यान्न, औषधी पसललगायतका बाहेक सबै पसल बन्द गरिएको छ ।
प्रतिक्रिया दिनुहोस