आज:  २०८१ पौष ७, आईतबार | Sun, 22, Dec, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

गणपती उद्योेगको नया प्लाण्ट नर्मिाणको सिफारी रद्द गर्ने वडाध्यक्षको आश्वासन

सुप्रिया ढकाल २०७८ श्रावण ३०, शनिबार ( ३ साल अघि) ४८८ पाठक संख्या

३० श्रावण, बारा । बाराको जितपुरसिमरा उपमहानगरपालीका वडा नम्बर ३ का जनप्रतिनिधिसंग आक्रोशित गणपती वनस्पती प्राली, सिमरा र नन्दन घ्यु एण्ड आयल ईन्डस्ट्रिज प्राली वरपरका बासीन्दा आफ्ना प्रश्नको जवाफ माग गर्दै पुनः वडा कार्यालय पुगेका छन् ।

 

वडाध्यक्ष जगन्नाथ घिमिरेसंग आईतबार भोली विस्तृत छलफल गर्ने सहमती भएको पिडित स्थानियको अगुवा नितेश घिमिरेले जानकारी दिनुभयो । भोली बस्ने बैठकका लागी स्थानियको तर्फबाट १५ सदस्यिय समिति बनाईएको घिमिरेले बताउनुभयो । वडाध्यक्ष घिमिरेले उद्योगको नया प्लान्ट निर्माणका लागी दिईएको सिफारीस बदर गरी पुनः सार्वजनिक भेला आयोजना गर्न उद्योगलाई पत्राचार गर्ने आश्वासन दिनुभएको समेत उहाले जानकारी दिनुभयो ।

 

यसबाहेक गत बिहिबार उपमहानगरको वातावरण तथा बिपद् ब्यवस्थापन समितिमा भएको छलफलका क्रममा मंगलबार उद्योगपतिसहित बसेर पिडित स्थानियको मागबारे छलफल गर्ने सहमती भएको छ । स्थानियले नया प्लान्ट निर्माणको सिफारीस बदर, धुलो धुवा नियन्त्रण, स्थानियलाई रोजगारी प्रदान र उद्योगको सामाजिक दायित्व पुरा गर्न माग गरेका हुन् ।

 

उद्योगका कारण पिडित बनेका स्थानिय झण्डै ३ सय घरधुरीका जनतासंग लुकिछिपि नया प्लाण्ट निर्माणका लागी तैयारी भैरहेको भन्दै उनिहरु आक्रोशित बनेका हुन् । धुवा, धुलोका कारण श्वासप्रश्वास सम्बन्धि जटिल समस्याबाट ग्रसित बनिरहेका स्थानियलाई उद्योगले सधै धोका र फोहोर मात्र दिने गरेको अर्का अगुवा घनश्याम बस्नेतले गुनासो गर्नुभयो ।

 

आफ्ना समस्याहरुबारे पटकपटक वडा कार्यालयमा जानकारी गराउदा समेत वडाध्यक्ष घिमिरेले उद्योगको फर्जि भेलामा साथ दिदै घरमै बसेर माईन्युट हस्ताक्षर गरेको स्थानियको आरोप छ ।

 

प्रतिक्रिया दिनुहोस