आज:  २०८१ पौष २२, सोमबार | Mon, 06, Jan, 2025
FLASH NEWS
Advertisement
SKIP THIS

सहकारी ऐन कार्यान्वयनको चरणमा : नगर प्रमुख पौडेल

AuthorAP Khabar २०७५ पौष २९, आईतबार ( ५ साल अघि) ४८९ पाठक संख्या

सिमरा, पौष २९  : जीतपुरसिमरा उपमाहानगरपालीकाका मेयर डा. कृष्ण पौडेलले नगरले निर्माण गरेको सहकारी कानुन कार्यान्वयनको चरणमा रहेको बताउनुभएको छ ।

जीतपुरसिमरा उपमाहागरपालीका वडा नम्बर २ सिमरास्थित जनकल्याण बचत तथा ऋण सहकारी संस्थाको १६ औँ बार्षिक साधारयासभाको उद्घाटन गर्दै मेयर डा. पौडेलले सहकारी क्षेत्रको माध्यमबाट नगरको समृद्धीका लागी छलफल चलिरहेको बताउनुभएको हो ।

नगरको सहकारी अभियान्ता समेत रहेका डा. पौडेलले बेरोजगारी समस्या समाधानका लागी सहकारीको भुमिका महत्वपुर्ण हुने बताउदै हाल ब्यापक रुपमा बिस्तार भैरहेको सहकारी क्षेत्रको उचित ब्यवस्थापन र नियमन जरुरी रहेको भन्दै मेयर डा. पौडेलले नियमनका लागी संरचना निर्माण गर्ने उपमाहानगरको लक्ष्य रहेको समेत बताउनुभयो ।

कार्यक्रममा बारा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष सतेन्द्र ठाकुर, जनहित उपभोक्त समितीका अध्यक्ष अमृतलाल श्रेष्ठ, सिमरा महिला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष अनिता लम्साल अधिकारी, भिमेश्वस सामुदायिक बन समुृहका अध्यक्ष पेश मुल्मीलगायतले मन्तब्य ब्यक्त गरेका थिए ।

संस्थाका अध्यक्ष मधुसुधन सिटौलाको अध्यक्षता एवं मेयर डा. पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा जनहित उपभोक्ता समितिका अध्यक्ष अमृतलाल श्रेष्ठ, संगालो बचत तथा ऋण सहकारी संस्थाका सचिब रत्न उप्रेती, राधाकृष्ण समुदायिक बन समुहका कोषाध्यक्ष लेखनाथ खतिवडा, मुसर्निमाई सामुदायिक बन समुहका अध्यक्ष कुबेर न्यौपाने, नेपाल राष्ट्रिय माध्यमिक बिद्यालय सिमराका प्र.अ. शंकर आचार्य एवं स्थानिय समाजसेबी, बद्धीजिबीलगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रमका बिच संस्थाले असल बचतकर्ता, असल बचत समुह, असल कारोबारी एवं संस्थाका पूर्व सञ्चालकहरुलाई सम्मान समेत गरेको छ । संस्थाका उपाध्यक्ष अर्जुन प्रसाद गौतमले स्वागत राख्नुभएको थियो भने औपचारी कार्यक्रमको सञ्चालन कृष्ण सिग्देल र बन्द सत्रको कार्यक्रम संचालन राम अधिकारीले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस