आज:  २०८१ चैत्र ६, बिहिबार | Thu, 20, Mar, 2025
FLASH NEWS
Advertisement
SKIP THIS

साताको पहिलो दिन दोहोरो अङ्कले घट्यो नेप्से

एपी खबर २०७९ चैत्र २६, आईतबार ( १ साल अघि) १३८ पाठक संख्या

काठमाडौं-साताको पहिलो दिन नेप्से दोहोरो अङ्कले घटेको छ। आइतबार सेयर बजारमा २८.३१ अंकको गिरावट आएको हो। बजार घटेसँगै नेप्से १८३८.४८ विन्दुमा आएको छ। यो १.५२ प्रतिशतको गिरावट हो ।

 

आइतबार कारोबार रकम भने १ अर्ब नाघेको छ । २६८ धितोपत्रको २९ हजार २३९ वटा कारोबारबाट ३८ लाख ४३ हजार ७१३ कित्ता सेयर किनबेच हुँदा १ अर्ब १५ करोड ९४ लाख ४८ हजार ४११ रुपैयाँको कारोबार भएको छ । आइतबार सबै उपसूचकहरु राताम्य देखिए। सबैभन्दा धेरै जलविद्युतका लगानीकर्ता ९२.३५ प्रतिशतले गुमाए।

 

आइतबार कालिञ्चोक दर्शन लिमिटेडको मूल्य सबैभन्दा धेरै ९.९७ प्रतिशतले बढेर ३४२.९० रुपैयाँ पुगेको छ । कुमारी धनवृद्धि योजना, माया खोला हाइड्रोसहितका धितोपत्रको समेत मूल्य धेरैले घटेको हो । नविल बैंक, शिवम् सिमेन्ट, एचडीएल, ग्लोबल बैंकसहितका धितोपत्रको धेरै कारोबार भएको छ ।

 

प्रतिक्रिया दिनुहोस