आज:  २०८१ चैत्र ७, शुक्रबार | Fri, 21, Mar, 2025
FLASH NEWS
Advertisement
SKIP THIS

सोमबार सुन-चाँदीको भाउ सस्तियो, कतिमा हुँदैछ किनबेच ?

एपी खबर २०७९ चैत्र २७, सोमबार ( १ साल अघि) १४४ पाठक संख्या

काठमाडौं : सुनको भाउ सोमबार तोलामा ७०० रुपैयाँले घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको भाउ तोलामा ७०० रुपैयाँले घटेर १ लाख ९ हजार ३०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ८ हजार ८०० रुपैयाँ निर्धारण भएको छ ।

 

यसअघि आइतबार छापावाल सुनको भाउ तोलाको १ लाख १० हजार रुपैयाँ कायम थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ९ हजार ५०० रुपैयाँ निर्धारण भएको थियो । यता, सोमबार चाँदीको भाउ पनि प्रतितोला १० रुपैयाँले घटेर १४ सय ३० रुपैयाँ कायम भएको छ । आइतबार चाँदीको भाउ प्रतितोला १४ सय ४० रुपैयाँ निर्धारण भएको थियो ।

प्रतिक्रिया दिनुहोस