आज:  २०८१ चैत्र ५, बुधबार | Wed, 19, Mar, 2025
FLASH NEWS
Advertisement
SKIP THIS

मंगलबार दोहोरो अङ्कले उकालो लाग्यो शेयर बजार

एपी खबर २०८० बैशाख २६, मंगलबार ( १ साल अघि) ११३ पाठक संख्या

काठमाडौँ: मंगलबार शेयर बजारमा दोहोरो अङ्कको सुधार आएको छ । साताको कारोबारको पहिलो र दोस्रो दिन लगातार ओरालो लागेको शेयर बजार तेस्रो दिन भने दोहोरो अङ्कले उकालो लागेको हो ।नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १० दशमलव ६६ अंकले बढेर १८४४ दशमलव ३६ अङ्क कायम भएको हो । आज २६९ कम्पनीका २८ लाख ३२ हजार ९६४ कित्ता शेयर २० हजार ६९६ पटक खरिद बिक्री हुँदा ७७ करोड ३६ लाख ५२ हजार ३५४ रुपैयाँको कारोबार भएको छ ।

 

यता ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचकमा १.८७ अङ्कले बढेर ३५४.२५ विन्दुमा पुगेको छ। आज नेप्से सुचकको १६१ कम्पनीमा वृद्धि भएको छ । ५० कम्पनीमा ओरालो लागेको छ भने ८ कम्पनी स्थिर रहेको छ ।त्यस्तै, कारोबारको आधारमा हिमाल दोलखा हाइड्रोपावर शीर्ष स्थानमा छ। यसको ६ करोड ९६ लाखभन्दा बढीको कारोबार भएको छ। त्यस्तै सिवम सिमेन्टको ४ करोड ४६ लाख र स्वाभिमान लघुवित्त वित्तिय संस्थाको ३ करोडभन्दा बढीको कारोबार भएको छ।

 

यता सबै उपसुचकहरुमा हरियाली छाएको छ । सबैभन्दा धेरै हाटल तथा पर्यटन, हाइड्रोपावर सूचक र निमार्ण तथा प्रशोधनमा वृद्धि भएको छ । आजको कारोबारमा पिपुल्स पावरको ६ प्रतिशत, कालिनचोक दर्शन, सिभिल लघुवित्त वित्तिय संस्था, युनिलिभर र आत्मनिर्भर लघुवित्त वित्तिय संस्थाको ४ प्रतिशतले सेयर मूल्य बढेको छ।

प्रतिक्रिया दिनुहोस