आज:  २०८१ चैत्र ४, मंगलबार | Tue, 18, Mar, 2025
FLASH NEWS
Advertisement
SKIP THIS

सेयर बजार २.४३ अंकले घट्याे

एपी खबर २०८० बैशाख २७, बुधबार ( १ साल अघि) १४१ पाठक संख्या

काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार सेयर बजार घटेको छ । बुधबार नेप्से सुचकमा २.४३ अंकले ओरालो लागि १८४१.९३ विन्दुमा आएर रोकिएको छ।यता ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचकमा ०.४५ अङ्कले घटेर ३५२.८० विन्दुमा पुगेको छ। आज नेप्से सुचकको ८८ कम्पनीमा वृद्धि भएको छ । ११३ कम्पनीमा ओरालो लागेको छ भने १५ कम्पनी स्थिर रहेको छ ।

 

यसअघि मंगलबार नेप्से सुचकमा १०.६६ अंकले उकालो लागि १८४४.३६ विन्दुमा आएर रोकिएको थियो। बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २६५ कम्पनीको १९ लाख ४२ हजार ६२६ कित्ता सेयर खरिद बिक्री हुँदा ५८ करोड ९१ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

 

त्यस्तै, कारोबारको आधारमा हिमाल दोलखा हाइड्रोपावर, नवील बैंक र सिवम सिमेन्टको ३ करोडमाथिको कारोबार भएको छ। यता १३ उपसुचकहरु मध्ये ५ कम्पनीमा उकालो लागेको र बाँकी सबैभन्दा उपसुचकहरु घटेको छ । आजको कारोबारमा हिमाल दोलखा हाइड्रोपावरको ८.२४ प्रतिशतले सेयर मूल्य बढेको छ।

प्रतिक्रिया दिनुहोस