आज:  २०८१ चैत्र ५, बुधबार | Wed, 19, Mar, 2025
FLASH NEWS
Advertisement
SKIP THIS

सेयर बजारमा ३२.३० अंकको फड्को

एपी खबर २०८० जेष्ठ ४, बिहिबार ( १ साल अघि) १०८ पाठक संख्या

काठमाडाैं । साताको अन्तिम कारोबार दिन नेप्से दोहोरो अंकले बढेको छ । नेप्से परिसूचक ३२ दशमलव ३० अङ्कले बढेर एक हजार आठ सय ७७ दशमलव ३२ अङ्कमा कायम भएको हो ।

 

आज दुई सय ६४ वटा कम्पनीको ३२ हजार ५७९ पटक कारोबारमा ४४ लाख २२ हजार १८६ कित्ता सेयर खरिदबिक्री हुँदा १ अर्ब ४७ करोड ४७ लाख ६५ हजार ३८८ रूपैयाँ बराबरको कारोबार भएको छ । आज सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै होटल तथा पर्यटन ३.७५ प्रतिशतले बढेको छ । बैंकिङ समूह १.१०, विकास बैंक २.५५, वित्त २.१७, जलविद्युत् २.८२, लगानी समूह १.८८, जीवन बीमा २.०९, उत्पादन तथा प्रशोधन ०.९६, लघुवित्त २.२४, म्युचुअल फन्ड १.२३, अन्य ०.९० र व्यापार ३.७१ प्रतिशतले बढेको छ ।

 

आत्मनिर्भर लघुवित्त र हिमालय उर्जा विकासको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । ती कम्पनीका लगानीकर्ताले १० प्रतिशत दरले कमाएका छन् ।सबैभन्दा धेरै गुमाउनेमा भने एनआइबिल ग्रोथ फण्ड ३.१४ प्रतिशतले घटेको छ ।कारोबार रकमको आधारमा नेपाल दुरसञ्चार प्राधिकरणको सर्वाधिक ८ करोड ६३ लाख ४८ हजार ४३६ रूपैयाँको कारोबार भयो । कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै शिभम् सिमेन्टको एक लाख ७३ हजार २०२ सेयर किनबेच भएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस