आज:  २०८१ चैत्र ४, मंगलबार | Tue, 18, Mar, 2025
FLASH NEWS
Advertisement
SKIP THIS

साताको पहिलो कारोबार दिन नेप्से परिसूचक ५.८८ अंकले बढ्यो

एपी खबर २०८० जेष्ठ ७, आईतबार ( १ साल अघि) ११० पाठक संख्या

काठमाडौँ – साताको पहिलो कारोबार दिन नेप्से परिसूचक सामान्य अंकले बढेको छ। आइतबार नेप्से परिसूचक ५.८८ अंकले बढेर १८८३.२० बिन्दुमा पुगेको हो। त्यस्तै, सेन्सेटिभ इण्डेक्स ०.१४ अंकले, फ्लोट इण्डेक्स ०.२८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०२ अंकले बढेको छ।

 

आज कारोबारमा आएका २७३ कम्पनीको ४८ लाख २८ हजार कित्ता शेयर १ अर्ब ६० करोड ४ लाख ९२ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ।गत बिहीबारको तुलनामा कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबारमा करिब डेढ अर्बको शेयर कारोबार भएको थियो। नेप्सेका १३ उपसमूहमध्ये आइतबार ९ उपसमूहको परिसूचक बढेको छ। त्यस्तै ४ उपसमूहको परिसूचक भने घटेको छ। जसमा निर्जीवन बीमा उपसमूहको परिसूचक २.८० प्रतिशत, होटल तथा पर्यटन र व्यापार उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढीले बढेको छ। जसमा वित्त, जलविद्यूत,उत्पादन तथा प्रशोधन उपसमूह र विकास बैंकको परिसूचक घटेको छ।

 

नेप्से परिसूचक बढेसँगै आइतबार दुई कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। जसमा राष्ट्रिय बीमा कम्पनी र आत्मनिर्भर लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। तर यता कारोबारमा आएको आदर्श लघुवित्तको शेयरमूल्य ६.५६ प्रतिशत घटेको छ। आइबार कारोबारमा शिवम् सिमेन्ट्स कम्पनीको ६ करोड १७ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।

प्रतिक्रिया दिनुहोस