आज:  २०८१ चैत्र ४, मंगलबार | Tue, 18, Mar, 2025
FLASH NEWS
Advertisement
SKIP THIS

रेशमलाल चौधरीको कैद सजाय माफी मिनाहका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सरकारको निर्णय

एपी खबर २०८० जेष्ठ १४, आईतबार ( १ साल अघि) १५५ पाठक संख्या

काठमाडौं : सरकारले जेलमा रहेका रेशमलाल चौधरीको बाँकी कैद सजाय माफी मिनाहका लागि राष्ट्रपति कार्यालयमा सिफारिस गर्ने निर्णय गरेको छ।

 

 

आइतबार बिहान बसेको मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले चौधरीको  बाँकी कैद सजाय माफी मिनाहका लागि राष्ट्रपतिको कार्यालयमा सिफारिस गर्ने निर्णय भएको जानकारी दिइन्।

 

 

उनले गणतन्त्र दिवसका अवसरमा उनकाे बाँकी सजाय मिनाहासँगै आममाफी दिन सिफारिस गरिएको बताइन्। यस्तै बैठकले चौधरीसँगै केहीको बाँकी सजाय मिनाह र केहीको सजाय माफी गर्ने निर्णय गरेको छ।

 

सरकारले गरेको सिफारिस राष्ट्रपति कार्यालयले कार्यान्वयन गरे चौधरी भोलि गणतन्त्र दिवसका अवसरमा जेलमुक्त हुनेछन्।

प्रतिक्रिया दिनुहोस