आज:  २०८१ चैत्र ४, मंगलबार | Tue, 18, Mar, 2025
FLASH NEWS
Advertisement
SKIP THIS

१७ अंक ओर्लियो सेयर बजार, कारोबार रकम बढ्यो

एपी खबर २०८० जेष्ठ २२, सोमबार ( १ साल अघि) १३३ पाठक संख्या

काठमाडौँ — सोमबार सेयर बजारको परिसूचक नेप्से १७. ३८ अंक घटेको छ । सो अंकको कमीपछि नेप्से १९०१ अंकमा कायम भएको छ । परिसूचक घट्दा कारोबार रकम भने बढेको छ । आइतबार १ अर्ब ६५ करोड रुपैयाँको कारोबार भएकोमा आज १ अर्ब ९७ करोडको धितोपत्र किनबेच भयो ।कुल १६६ कम्पनीको मूल्य घट्दा ४६ कम्पनीको बढ्यो भने ८ को स्थिर रहृयो । बजारका सबै उपसमूह घटेका छन् । बैंकिङ ९, विकास बैंक ५०, फाइनान्स १७, होटल तथा पर्यटन ३२, जलविद्युत ११, जीवन बीमा १२४, उत्पादन १२१, माइक्रोफाइनान्स १८, निर्जीवन बीमा ५७, अन्य २० र ब्यापार उपसमूह ३६ अंक घटे ।

 

 

रिभर फल्स पावरको मूल्य १० प्रतिशत बढ्यो । गोर्खा फाइनान्सको ५ तथा बीपीडब्लू लघुवित्तको मूल्य ४ प्रतिशत बढ्यो । शिवम् सिमेन्टको मूल्य सबैभन्दा धेरै ४.५ प्रतिशत घट्यो । जोशी हाइड्रोको ४.३ तथा मेरो माइक्रोफाइनान्सको ४.३ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, आईएमई जनरल इन्स्योरेन्स, चिलिमे हाइड्रोपावर, सानिमा माइ हाइड्रो र सोल्टी होटल क्रमशः अगाडि रहे ।

 

प्रतिक्रिया दिनुहोस