आज:  २०८१ चैत्र ५, बुधबार | Wed, 19, Mar, 2025
FLASH NEWS
Advertisement
SKIP THIS

सेयर बजारमा झिनो सुधार

एपी खबर २०८० अषाढ ७, बिहिबार ( १ साल अघि) १३४ पाठक संख्या

काठमाडौं- पछिल्ला ३ दिन घट्दो अवस्थामा रहेको सेयर बजार साताको अन्तिम कारोबार दिन बिहीबार झिनो अङ्कको वृद्धिसहित बन्द भएको छ। सेयर बजार बिहीबार ४.७५ अङ्कको वृद्धि भएको छ। उक्त अङ्कको सुधारले नेप्से २०५५ अङ्कमा कायम भएको छ। कारोबार रकम भने ३ अर्ब ४४ करोड ४८ लाखमाथिको कारोबार भएको छ।

 

बिहीबार ७४ कम्पनीको मूल्य बढे तापनि १४७ कम्पनीको मूल्यमा भने गिरावट आएको छ। त्यस्तै, ४ वटा कम्पनीको मूल्य भने स्थिर रहेको छ।तारागाउँ रेजेन्सी, ओरियण्टल होटल, कालिञ्चोक दर्शन, बीपीडब्लू लघुवित्तको मूल्यमा १० प्रतिशत वृद्धि हुँदै सकारत्मक सर्किट लागेको छ। त्यस्तै, सीटी होटलको मूल्य पनि ९.९८ प्रतिशतले बढेको छ।

 

यस्तै, उपसमूहतर्फ सबैभन्दा धेरै होटलले कमाएको छ। होटल उपसमूहको ४४८ अङ्कले वृद्धि भएको छ। त्यस्तै, जीवन बीमाको ३५९, निर्जीवन बीमाको २९५ अङ्कले सुधार आएको छ।

प्रतिक्रिया दिनुहोस