आज:  २०८१ चैत्र ४, मंगलबार | Tue, 18, Mar, 2025
FLASH NEWS
Advertisement
SKIP THIS

दूधको अनुदान रोकेको विरोधमा किसानहरूले घेरे मन्त्रालय

एपी खबर २०८० अषाढ २४, आईतबार ( १ साल अघि) १५८ पाठक संख्या

बागमती प्रदेश सरकारले दोहोरो अनुदान हुने भन्दै भरतपुरसहित चितवनका तीन स्थानीय तहलाई दूधमा दिँदै आएको अनुदान रोकेपछि किसानहरूले प्रदेशको मन्त्रालय घेरेका छन् ।

 

व्यापारीले भारतबाट दूध ल्याएपछि केही दिनयता चितवनको दूधले बजार नपाएको किसान किशोर बगालेको गुनासो छ ।

 

यता पशु बीमाको रकमसमेत किसानले पाएका छैनन् । पीडित किसानहरूले कृषिमन्त्रीको राजीनामा मागेका छन् । ‘जनमारा सरकार मुर्दाबाद’, ‘कृषिमन्त्री राजिनामा दे,’ लगायत नारा लगाउँदै किसानहरुले राजीनामा मागेका हुन्।

प्रतिक्रिया दिनुहोस