आज:  २०८१ चैत्र ४, मंगलबार | Tue, 18, Mar, 2025
FLASH NEWS
Advertisement
SKIP THIS

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट

एपी खबर २०८० श्रावण ४, बिहिबार ( १ साल अघि) १४८ पाठक संख्या

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक एक दशमलव ३१ अङ्कले घटेर दुई हजार एक सय ६३ दशमलव ९२ अङ्कमा सीमित भएको छ ।आजको कारोबारमा विभिन्न दुई सय ६४ कम्पनीका ८४ लाख २४ हजार एक सय आठ कित्ता शेयर ५४ हजार नौ सय ५४ पटक खरिदबिक्री हुँदा रू तीन अर्ब पाँच करोड २४ लाख १० हजार छ सय ५९ को कारोबार भएको छ ।

 

यस दिनको कारोबारमा बैंकिङ, विकास बैंक, जलविद्युत् उत्पादन तथा प्रशोधन र व्यापार समूहको उपसूचक बढेको छ भने बाँकी समूहको उपसूचक घटेको छ । बैंकिङ समूह एक दशमलव २५, विकास बैंक १० दशमलव ९६, जलविद्युत् २२ दशमलव ३८, उत्पादन तथा प्रशोधन ८२ दशमलव ०२ र व्यापार समूह एक सय ७७ दशमलव ६६ अङ्कले बढेका छन् ।

 

साथै निर्जीवन बीमा समूह एक सय ३२ दशमलव ०७ र जीवन बीमा समूहको उपसूचक एक सय २२ दशमलव ०६ अङ्कले घटेका छन् । त्यस्तै वित्त समूह १५ दशमलव ६९, होटल तथा पर्यटन समूह २१ दशमलव ४६, लगानी शून्य दशमलव ३२, लघुवित्त २५ दशमलव २९ र म्युचुअल फन्ड शून्य दशमलव १८ अङ्कले घटेका छन् ।रासस

प्रतिक्रिया दिनुहोस