आज:  २०८१ चैत्र ५, बुधबार | Wed, 19, Mar, 2025
FLASH NEWS
Advertisement
SKIP THIS

सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले घट्यो,कतिमा हुदैंछ कारोबार ?

एपी खबर २०८० श्रावण ५, शुक्रबार ( १ साल अघि) १२९ पाठक संख्या

काठमाडौँ – सातको अन्तिम कारोबार दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले घटेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १२ हजार ८ सय रुपैयाँ कायम भएको छ।यस्तै, तेजावी सुनको मूल्य तोलाको १ लाख १२ हजार २५० रुपैयाँ निर्धारण भएको छ। बिहीबार छापावाल सुन १ लाख १३ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

 

 

यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १३ हजार ५० रुपैयाँ निर्धारण भएको थियो। यो हालसम्मकै उच्च मूल्य थियो।महासंघकाअनुसार शुक्रबार चाँदी प्रतितोला १५ रुपैयाँले घटेर १४ सय ८० रुपैयाँ कायम भएको छ। बिहीबार चाँदीको भाउ १४ सय ९५ रुपैयाँ कायम रहेको थियो।

प्रतिक्रिया दिनुहोस